back
CTIZAN AD

एक सय ६ वर्षीय चेपाङको मृत्यु

वि.सं.२०७३ मंसिर ६ सोमवार

1.1K 

shares

 ६ मङ्सिर,लमजुङ (बेसीसहर) । लोपोन्मुख चेपाङ समुदायका १०६ वर्षीय वृद्धको निधन भएको छ । जिल्लाकै ज्येष्ठ नागरिक बुद्धिबहादुर चेपाङको १०६ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

वृद्ध चेपाङको निधनले चितीमा रहेको चेपाङ बस्ती शोकमग्न भएको छ । लोपोन्मुख जाति भएको कारण चेपाङ समुदाय जिल्लामै लोकप्रिय छ । त्यसमा पनि सयवर्ष नाघेका बुद्धिबहादुरको निधनले जिल्लावासीलाई दुःखित बनाएको छ ।

केही वर्ष अघिदेखिनै पिँढीबाट सर्न नसक्नुभएका वृद्ध चेपाङ पछिल्लो समय निकै कमजोर हुँदै आउनुभएको थियो ।
बुद्धिबहादुर जिल्लाका विभिन्न अवसरमा सम्मानित हुँदै आउनुभएको थियो र जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र सुन्दरबजारमा निर्माण गरिएको नमुना सामुदायिक अस्पतालको उद्घाटन उहाँबाटै गराइएको थियो ।

चेपाङ समुदाय जिल्लाको चिती गाविसको बरबोटबेसी र हिलेटक्सार गाउँमा रहँदै आएका छन् । चेपाङ बस्तीमा तीन महिना बनेरी बस्ने र नौ महिना मजदुरी गर्ने प्रचलन रहेको छ । रासस

वि.सं.२०७३ मंसिर ६ सोमवार ०५:५७ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...