Logo
२१ आश्विन २०७९, शुक्रबार
     Fri Oct 7 2022
E-paper
  English Edition
   Unicode
Logo

हामी उठ्ने छौं

शैलेस श्रेष्ठ


sailesh-shrestha

संसारको औद्योगिक राष्ट्रहरु मध्य पनि आफुलाई सर्वशक्तिमान ठान्ने अमेरिकामा संघीय कानुन अनुसार टिप्समा कामगर्ने रेस्टुरेन्टकर्मी कामदारहरुले ब्यबसायी मालिकबाट प्रति घण्टा दुई डलर तेह्र सेन्ट पाउँछन । उसले राज्यले तोकेको न्युनतम ज्याला दर प्रति घण्टा नौ डलर पुर्याउन टिप्सबाट अतिरिक्त आम्दानी जोरजाम गर्नु पर्ने हुन्छ जसको कुनै भर हुँदैन। संघीय सरकारले तोकेको त्यो दर रेट १९ बर्षदेखि बढेको छैन । न्युयोर्क राज्यमा चाँही अहिले बढेर प्रति घण्टा पाँच डलर पचास सेन्ट पुगेको छ।

थुप्रै लडाई लडेपछि उदार अनि प्रगतिशील राज्य न्युयोर्कले प्रति घण्टा नौ डलरसम्म पुर्याएको अवस्था छ । संघीय दर रेटमा प्रति घण्टा सात डलर पच्चीस सेन्ट भन्दा माथि जान सकेको छैन । हाम्रो नयाँ गृह राज्य न्युजर्जी उच्च आयस्ता हुने अथवा धनी राज्यहरु मध्य नै पर्दछ तर यहाँको प्रति घण्टा तलबमान पनि आठ डलर अड्तीस सेन्ट भन्दा माथि जान सकेको छैन भने प्रोपर्टी ट्याक्स अत्यन्त उच्च छ ।
सेवा-उद्योगमा प्रति घण्टा १५ डलरको “वन फेर वेज” को प्रगतिशील प्रस्ताबलाई स्विकार गर्न बाध्य बनेकी हिलारी क्लिन्टन र उनको डेमोक्रेटिक पार्टीले अमेरिकी माथिल्लो सदन सिनेट अनि तल्लो सदन हाउसमा सर्मनाक पराजय भोग्न बाध्य भएको छ ।
आफ्नो आयकर सार्वजनिक नगरी अथवा नतिरी पुजीपति अनि धनाढ्य बनेका नव-निर्वाचित डोनाल्ड ट्रम्पको प्रशासनले आम गरिब, मध्यम वर्गीय कामदार वर्ग, श्रमजीवी वर्ग अनि समुह अथवा आप्रवासी अल्पमतलाई कसरी सम्बोधन गर्ला अहिले अमेरिका “पर्ख” र “हेर” को स्थितिमा छ।
तुलनात्मकरुपमा ओबामा प्रशासन आप्रवासी अनि श्रमजीवीमैत्री थियो तथापि अमेरिकाका ट्रेड युनियनहरु निरन्तर खुम्चने स्थितिमा रहेको छ।
नव-निर्वाचित राष्ट्रपतिले छानेका अथवा चयन गरेका केहि अनुहार र उनीहरुको बिगतको चरित्र हेर्दा अबको दिन श्रमजीवी आप्रवासीहरुमा लागि थप जोखिमपूर्ण देखिन्छ । ट्रम्प जीओपीका तथाकथित पुराना “बिग बोस” हरुलाई निमिट्यान्न पार्ने जोखिमपूर्ण खेलमा लागेको स्पष्ट देख्न सकिन्छ भने आ-आफ्नो निर्वाचन क्षेत्रमा शक्तिशाली पकड राख्न सफल भएकाहरुलाई आफ्नो प्रशासनमा ल्याउने लागि परेका छन । जेफ सेशन अनि पौल रायनहरुको छनौट त्यहि रणनीतिको परिणाम हो ।
डेमोक्रेटिक पार्टी आफ्नो धर्मराएको आधार भुमीलाई कसरी स-शक्तिकरण गर्न सकिन्छ भनेर गहन समिक्षा गरिरहेका छन | निर्वाचनपछि अमेरिकी राजनीतिमा नजानिँदो प्रकारले ध्रुविकरण बढेको छ । डीएनसी चेयरको शक्तिशाली पदमा तल्लो सदन कांग्रेसका पहिलो मुस्लिम कांग्रेसम्यान किथ एलिशनको उम्मेदवारी र माथिल्लो सदनको डेमोक्रेटिक लिडरशिपमा समाजवादी बर्नी सान्डर्स र प्रगतिशील सिनेटर एलिजाबेथ वारेनको नियुक्तिले त्यस्तो राजनैतिक संकेतको आम प्रक्षपण गरेको छ।
श्रमिक संगठन र युनियनहरु माथि बन्देज लगाउने दुस्साहस गर्न नसके पनि ट्रम्पको दक्षिणपन्थी, आप्रवासन बिरोधी स्वेत सर्बोच्चताबादी शासन संयन्त्रले “राईट टु वर्क” लको संघीय प्राबधानमा टेकेर श्रमिक आन्दोलनलाई निरन्तर कमजोर बनाउने अनि तहस नहस पार्ने हरेक प्रयत्न गर्ने पक्का छ । म यो कुरा फगत आम त्रास फैल्याउने मनसाय अनि अभिप्रायले गरिरहेको छैन। ट्रम्पको अप्रत्यासित विजय अनि त्यस पछिका घटना, परिघटना, श्रमजीवी संघ-संगठनहरुमा भएको उच्च स्तरीय भेटघाट, सभा-समारोह अनि केहि नीतिनिर्माण तहको आफ्नो भेटघाट अनि आबध्द्ताको आधारमा यी फेहरिस्तहरु लेखिरहेको छु । हाम्रा लागि थप कठिन दिनहरु अगाडी पक्कै छन तर निरन्तर संगठित हुँदै बहुआयमिक हैसियत अनि सवालहरुमा वर्गीय स्वार्थका मुद्दा अनि सवालहरुमा एक्यबध्द हुन सकियो भने हामी हरेक अन्याय र सामाजिक विभेदहरुलाई पराजित गरि छाड्ने छौं ।
अबका दिनहरुमा न्युयोर्क अनि न्युजर्जीको श्रमजीवीवर्गको आन्दोलन अनि सामाजिक अधिकारकर्महरुमा थप उर्जा र प्रतिबध्दता सहित लाग्ने प्रण गरियो । आम नेपाली अमेरिकी तथा प्रवासी नेपाली समाजको साथ, समर्थन, एक्यबध्द्ता अनि अभिप्रेरणाको अपेक्षा गरेको छु ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) अलग भएको छ ।

काठमाडौं । अविरल वर्षापछि झरेको पहिरोका कारण काठमाडौंको चन्द्रागिरीमा एकै परिवारका तीनजनाको मृत्यु भएको

अमेरिका । अमेरिकाको भर्जिनियास्थित मनासस शहरमा गाडीले ठक्कर दिंदा एक नेपालीको मृत्यु भएको छ

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको