back
CTIZAN AD

काठमाडौँ भ्यूटावर निर्माण गर्ने कम्पनीका मनोज भेटवालसहित ४ विरुद्ध मुद्दा दायर

वि.सं.२०७६ साउन १५ बुधवार

963 

shares

१५ साउन, काठमाण्डौं । राजश्व अनुसन्धान विभागले हुण्डीमार्फत विदेशी विनिमय अपचलन मुद्दामा चारजना विरुद्ध आज मुद्दा दायर गरेको छ ।

सिङ्गापुरमा बस्ने निशा गुरुङ र काठमाडौँ भ्यूटावर निर्माण गर्ने जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालसमेत गरी चारजना विरुद्ध करोडौँको विदेशी विनिमय अपचलन गरेको आरोपसहित आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

प्रतिवादी मध्येकी निशा गुरुङले सिङ्गापुरमा रहेका साथी र अन्य व्यक्तिसँग काठमाडौँमा भ्यूटावर निर्माणमा लगानी गर्ने भनी रकम सङ्कलन गरी बैंकिङ्ग प्रक्रियाभन्दा बाहिरबाट राष्ट्र बैंकको अनुमति नलिइ हुण्डिमार्फत रकम ल्याएको अनुसन्धानबाट खुलेको उनले बताए ।

प्रतिवादीमध्येका राजकुमार विष्ट र उनका भाइ शिवको सहयोगमा उक्त कम्पनीका सञ्चालक भेटवालसँग मिलेमतो गरी रकम प्रयोग र वितरण गरेको आरोप उनीहरुमाथि छ ।

अनुसन्धानमा रकम बरामद भएका व्यक्ति राजकुमार गुरुङ अभिताव मल्टी प्रपोज प्रालिका कर्मचारी भएको खुल्न आएको छ । उनीहरुले उक्त कम्पनीबाट कुनैपनि कारोबार नभएको भनी आन्तरिक राजश्व कार्यालयमा शून्य विवरण पेश गरेको देखिए पनि उक्त कम्पनीले बारम्बार ठूलो रकम राख्ने र निकाल्ने गरेकोसमेत खुल्न आएको जनाइएको छ ।

उनीहरुले कारोवार गरेको रकम के वापतको हो भनी स्पष्ट पार्न नसकेकाले विदेशी विनिमय (नियमित गर्ने) ऐन र विप्रेषण नियमावली २०६५ विपरीतकार्य गरेको विभागले ठहर गरेको छ । उनीहरुबाट नगद रु २६ लाख १५ हजार र रु ३४ लाखको तीन थान चेक तथा सिङ्गापुरबाट गैरकानूनी रुपमा भित्राइएको रकम, विभिन्न स्थानबाट बरामद १०४ थान भौचरमा उल्लेखित रकम रु चार करोड २७ हजारको रु चार करोड ६० लाख बिगो कायम गरी मुद्दा दर्ता गरिएको महानिर्देशक मैनालीले जानकारी दिए ।

विभागले राजकुमार विष्ट, शिव विष्ट, मनोज भेटवाल र निशा गुरुङलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन बमोजिम विगोको तीन गुणा रकम असूल गरी ऐन बमोजिम तीन वर्ष कैद सजाय माग गरेको छ । रासस

वि.सं.२०७६ साउन १५ बुधवार २१:५७ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...