१६ साउन, काठमाडौँ । विगतमा प्रत्यक्ष वैदेशिक लगानी नबढ्नुमा राजनीतिक अस्थिरता, बन्दहड्ताल, मजदुर समस्या , अस्थिरताजस्ता कारण औंल्याइन्थ्यो ।
डेढ वर्षदेखि मुलुकमा स्थिर सरकार छ, बन्दहड्ताल भएका छैनन् , न त मजदुर समस्या नै देखिएको छ । सरकारले लगानी मैत्री कानुन र वातावरण पनि बनाएकै छ । उसले लगानी मैत्री कानुन र वातावरण पनि बनाएकै छ । उसले लगानी ल्याउन पटकपटक आग्रह गरिरहेको छ ।
केही समयअघि लगानी सम्मेलन गरेर विश्वास जित्ने प्रयत्न पनि सरकारले गरेकै हो । सर्सर्ती हेर्दा विदेशी लगानी ल्याउन एक किसिमको वातावरण बनेको पनि छ ।
तर परिणाम भने उल्टो देखिएको छ । विगतको अस्थिर वातावरण भएका वर्षहरुमा भन्दा अहिले घटिरहेको छ । यसको मूल कारण के हो ? धारणा फरकफरक छन् विदेशी लगानी नआउनुमा सरकारी अधिकारी, निजी क्षेत्र र अर्थशास्त्रीका आआफ्नै तर्क छन् । ‘सरकारले लगानीका लागि आह्वान त गर्र्याे । वतावरण पनि बनाउन खोज्यो तर, त्यसअनुसार प्रक्रियागत झन्झट हटाएर लगानीकर्तालाई आश्वस्त पार्न सकेन,’ धेरैको यही धारणा छ । बिहीबारको नागरिक दैनिकबाट