१६ साउन, पोखरा । पोखरा महानगरपालिका सेवाग्राहीको चाप हुने महानगर हो । मंगलबार सेवा लिन महानगर पुगेका सेवाग्राही भने केही अचम्ममा परे ।
महानगरको मूल ढोकामा एक जापानी महिला मेकअपका सामानसहित चिटिक्क परेर बसेकी थिइन् । ‘उनका वरिपरि अन्य सौन्दर्यकलाका विद्यार्थीहरु पनि थिए ।
बोर्डमा लेखिएको थियो ‘जापानको निःशुल्ज्क मेकअप ।’ सबै व्यस्त थिए ,महानगर आएका सेवाग्राही महिलाको हातमा मेहन्दी र अनुहारमा मेकअप गरिरहेका थिए । सेवाग्राही महिलाको हातमा नेलपोलिस, आइस्याडो, लिपिस्टिक लगाउने तरिकाबारे जापानी युवतीले बताइरहेकी थिइन् । सहजकर्ताका रुपमा रहेका थिइ, केही नेपाली बोल्न जान्ने जापानी योहासिमतो ।
केही सेवाग्राही भने त्यो दृश्यले निकै अचम्म मानेर हेरिरहेका थिए । महानगर जस्तो व्यस्त ठाउँमा मेकअपको सामान फिजाएर निःशुल्क मेकअप गर्दै बस्नुको अर्थ धेरैले भेउ पाएनन् । काममा आउनेहरु केही बेरको दृश्य हेरेर फर्के भने केहीले निःशुल्क मेकअपमा सहभागी पनि जुटाए । बिहीबारको कारोबार दैनिकबाट