back
CTIZAN AD

नेकपाका नेता भन्छन्–‘ब्याजदर साढे सोह्र प्रतिशत हुनु पर्दछ’

वि.सं.२०७६ साउन १६ बिहीवार

1K 

shares

१६ साउन, काठमाण्डौं । चित्र बहादुर केसीले भनेजस्तै ‘सामन्तले घिउ खाने र बेठि उठाउने’ भनेजस्तै नेकपाका नेता तथा सहकारी महासंघका अध्यक्ष केसब बडालले सहकारीको ब्याज साढे सोह्र प्रतिशत भन्दा माथि हुनुपर्ने बताएका छन ।

आफ्नो माग १७ प्रतिसत ब्याजदर रहनु पर्ने भएपनि साढे सोह्र प्र्तिसत ब्याजदर कायम गरीए महासंघले स्विकार गर्ने बडालले बताएका छन । नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारीको सन्र्दभ र ब्याजदर निर्धारण सम्वन्धी छलफलमा बडालले यस्तो बताएका हुन ।

बडालले ब्याजदर साढे सोह्र प्रतिशत कायम गरीनु पर्ने बताएपनि सरोकारवालाहरुले भने बिमति जनाएका छन् । बडालको यस्तो प्रतिक्रिया आएपछिे पूर्वउपप्रधान, सहकारी तथा गरीबी निवारणमन्त्री चीत्र बहादुर केसीले साढे सोह्र प्रतिशत ब्याजदर कायम गर्नु अनुपयुक्त हुने बताएका छन् ।

केसीले चर्को ब्याजदर कायम गरिनु सर्वसाधारणका लागी त अनुपयुक्त हो स्वयं सहकारीका लागि पनि राम्रो नहुने बताएका छन । यो त अघिका सामन्तले ‘घिउ खाने र बेठि उठाउने’ चलनसँग मेल खाने चलन जस्तो भएको केसी बताउछन् ।

कार्यक्रममा सहकारी बिभागका रजिस्ट्रार डा टोकराज पाण्डेले बिभागले छिटटै ब्याजदर निर्धारण गर्ने बताएका छन् ।

वि.सं.२०७६ साउन १६ बिहीवार ११:५० मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...