१६ साउन, काठमाण्डौं । चित्र बहादुर केसीले भनेजस्तै ‘सामन्तले घिउ खाने र बेठि उठाउने’ भनेजस्तै नेकपाका नेता तथा सहकारी महासंघका अध्यक्ष केसब बडालले सहकारीको ब्याज साढे सोह्र प्रतिशत भन्दा माथि हुनुपर्ने बताएका छन ।
आफ्नो माग १७ प्रतिसत ब्याजदर रहनु पर्ने भएपनि साढे सोह्र प्र्तिसत ब्याजदर कायम गरीए महासंघले स्विकार गर्ने बडालले बताएका छन । नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारीको सन्र्दभ र ब्याजदर निर्धारण सम्वन्धी छलफलमा बडालले यस्तो बताएका हुन ।
बडालले ब्याजदर साढे सोह्र प्रतिशत कायम गरीनु पर्ने बताएपनि सरोकारवालाहरुले भने बिमति जनाएका छन् । बडालको यस्तो प्रतिक्रिया आएपछिे पूर्वउपप्रधान, सहकारी तथा गरीबी निवारणमन्त्री चीत्र बहादुर केसीले साढे सोह्र प्रतिशत ब्याजदर कायम गर्नु अनुपयुक्त हुने बताएका छन् ।
केसीले चर्को ब्याजदर कायम गरिनु सर्वसाधारणका लागी त अनुपयुक्त हो स्वयं सहकारीका लागि पनि राम्रो नहुने बताएका छन । यो त अघिका सामन्तले ‘घिउ खाने र बेठि उठाउने’ चलनसँग मेल खाने चलन जस्तो भएको केसी बताउछन् ।
कार्यक्रममा सहकारी बिभागका रजिस्ट्रार डा टोकराज पाण्डेले बिभागले छिटटै ब्याजदर निर्धारण गर्ने बताएका छन् ।