back
CTIZAN AD

मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी

वि.सं.२०७६ साउन १६ बिहीवार

1.4K 

shares

१६ साउन, बाँके । मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य ब अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताए । उनले मस्जिदमा नमाज पढ्दा र कुनै शुभकार्य गर्दा इस्लाम धर्मावलम्बीलाई टोपी अनिवार्य गरिएको बताए ।
मुस्लिम समुदायले आफ्नै परम्पराअनुसारको टोपी लगाउँदै आए पनि पछिल्लो समयमा बाँकेका मुस्लिम समुदायका अगुवाहरुले देशको राष्ट्रियता झल्कने ढाकाटोपी लगाउन थालेका छन् । इस्लाम धर्ममा कुन टोपी लगाउने भन्ने तोकिएको छैन । त्यसैले पनि पूजाआजा वा शुभकार्य गर्दा ढाकाटोपी लगाउने प्रचलन बढ्न थालेको धर्मगुरु मन्जरीको भनाइ छ । उनले भने, “अरू टोपी लगाउँदा पनि हुन्छ, तर धेरैजसो मुस्लिम धर्मका अगुवाले ढाकाटोपी लगाउँछन् । अन्यभन्दा देशको राष्ट्रियता झल्कने टोपी नै लगाउन उचित लाग्छ

यहाँका मुस्लिम समुदायमा ढाकाटोपी लगाउनेको सङ्ख्या बढ्दो छ । अधिकांश मुस्लिम अगुवा ढाकाटोपीमा सजिएर विभिन्न कार्यक्रम, सभा, समारोह वा अन्य कुनै शुभकार्यमा मात्र नभई घर, पसल तथा बाहिर कतै जाँदा ढाकाटोपी लगाउन थालेका छन् । कुनै शुभकार्य वा धार्मिककार्य गर्दा टोपी लगाएर मात्र गर्ने प्रचलन रहेको छ । राष्ट्रियता र पहिचानका लागि अधिकांश मुस्लिमले टोपी लगाउने गरेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर मुस्लिम युवा लतिफ सल्मानी बताउछन ।

उनले भने, “धर्मगुरुदेखि सर्वसाधारण मुुस्लिमले नेपाली टोपी प्रयोग गर्छन”, मैले पनि “नेपालीको पहिचान झल्काउन ढाकाटोपी लगाउँदै आएको छु ।” नेपाली पहिचानसँग जोडेर यहाँका मुस्लिम समुदायले ढाकाटोपी प्रयोग गर्दै आएका छन् । उनका अनुसार ढाकाटोपी नलगाउँदा केही चिज बिर्सेजस्तो लाग्छ । बाल्यकालदेखि नै उनले ढाकाटोपी लगाएकाले नलगाउँदा उनलाई खल्लो महसुस हुन्छ ।

घरबाहिर निस्कँदा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ पनि ढाकाटोपी लगाएर मात्र निस्कनुहुन्छ । त्यसो त चुन्ना मुस्लिम भए पनि हिन्दूका हरेक चाडवाडमा रमाउने गर्नुहुन्छ । नेपालगञ्जका रैथाने चुन्नाले २० वर्षदेखि दशैँ तिहारमा हिन्दूको हातबाट टीका लगाउँदै आउका छन् । नेपाली भएको चिनाउने एकमात्र माध्यम ढाकाटोपी भएकाले बाहिरी देश जाँदासमेत ढाकाटोपी लगाएर जाने गरेको उनले बताए ।
“म हिन्दूका चाडपर्वमा निकै रमाउँछु, जहाँ जाँदा पनि ढाकाटोपी लगाएर जान्छु । मलाई ढाकाटोपी असाध्यै मन पर्छ”, उनले भने, “हामीले गर्ने काममा सामाजिक सद्भाव झल्किनुपर्छ । मुस्लिमले ढाकाटोपी लगाउँदा हाम्रा भगवान् दुखी हुनुपर्ने कुनै कारण छैन । हाम्रो राष्ट्रियतासँग जोडिएको पहिचान हो ढाकाटोपी ।” नेपाली टोपी लगाएर भारतमा जाँदासमेत सम्मान मिलेको अनुभव उनीसँग छ । “भारतमा जाँदा नेपाली मुस्लिम भनेर सम्मानजनक व्यवहार पाइन्छ”, उनले भने ।
नेपालगञ्जमा ढाकाटोपीको व्यापार सन्तोषजनक भएको घरबारी टोलस्थित पाल्पाली ढाकाटोपी पसलका सञ्चालक कृष्णप्रसाद कँडेलले बताए । विसं २०४२ देखि नेपालगञ्जमा ढाकाटोपीको व्यापार गर्दै आएका उनले ढाकाटोपीको व्यापारमा विस्तारै वृद्धि हुँदै गएको बताए । यसैबाट धेरै राम्रो नभए पनि खानलाउन पुगेको उनको भनाइ छ । पञ्चायतकालको तुलनामा पछिल्लो समय ढाकाटोपीको व्यापार केही खस्किएको बताउँदै उनले पूजाआजा, विवाहमा प्रयोग गर्नका लागि सर्वसाधारणले टोपी किन्ने गरेको बताए ।
बाँके मुस्लिम समुदायको बाहुल्य भएको जिल्ला हो । राष्ट्रिय जनगणना २०६८ अनुसार चार लाख ९१ हजार ३१३ जनसङ्ख्यामध्ये बाँकेमा झण्डै २० प्रतिशत अर्थात् ९५ हजार मुस्लिम समुदायको बसोबास छ । नेपालगञ्ज उपमहानगरपालिकामा मुस्लिम समुदायको जनसङ्ख्या बाक्लो छ भने अन्य स्थानीय तहमा पनि यो समुदायको उपस्थिति उल्लेख्य छ ।
मुस्लिम समुदाय जनसङ्ख्याका आधारमा हेर्ने भने बाँके जिल्ला नेपालमै दोस्रो स्थानमा पर्छ । त्यसैले पनि मुस्लिम समुदायका चाडपर्वमा नेपालगञ्जमा उल्लासपूर्ण वातावरण बन्छ । मुस्लिम समुदायका चाडपर्वमा अन्य समुदाय पनि सरीक भएर परिवेशलाई अझै सद्भावपूर्ण बनाउँछन् भने अन्य समुदायका चाडपर्वमा मुस्लिम समुदायको उपस्थिति पनि उत्तिकै उल्लासमय नै हुन्छ ।
नेपालगञ्ज सद्भाव र सभ्यता बोकेको शहर हो । नेपालगञ्जमा हरेक चाडपर्वमा सबै समुदायमा उत्तिकै रौनकता हुन्छ । ढाकाटोपी मात्रै नभई मुस्लिम समुदायले लगाउने पोशाक हिन्दूले लगाउने र हिन्दूले लगाउने पोशाक मुस्लिमले लगाउने चलन बढ्दै गएको छ । यो नेपालगञ्जको विशिष्ट पहिचान हो । यहाँ हिन्दू, बौद्ध, मुस्लिम, शिख र इसाई मिलेर बसेका छन् ।
मन्दिरमा घण्टी बजिरहँदा, मस्जिदमा अल्लाह अबकरको आवाज गुन्जिन्छ । शिखले वाहे गुरु भनिरहँदा बौद्धको मन्त्रोचारण गुञ्जयमान हुन्छ । हिन्दूहरु मन्दिर जाँदा मस्जिद भएर जानुपर्छ । मुस्लिमहरु मस्जिद जाँदा मन्दिरहरु भएर जानुपर्छ । हरेक दुईरतीन सय मिटरको दूरीमा मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वारा रहेका छन् । सबैले एकअर्काको धर्मको सम्मान र सत्कार गर्नु यहाँको परम्पराजस्तै भइसकेको छ ।

वि.सं.२०७६ साउन १६ बिहीवार ११:५८ मा प्रकाशित

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...