Logo
९ चैत्र २०७९, बिहीबार
     Thu Mar 23 2023
E-paper
  English Edition
   Unicode
Logo

एडिबि बैंक र लक्ष्मी बैंकबीच सम्झौता



१६ साउन, काठमाडौँ । एशियन डेभलपमेन्ट बैंक (एडिबि) ट्रेड फाइनान्स प्रोगाम र लक्ष्मी बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा सन् २००९ देखि सञ्चालित यस एडिवि ट्रेड फाइनान्स कार्यक्रमले नेपालका दुई स्थानीय बैंकहरुसँग सहकार्य गर्दै आएको छ भने २०० भन्दा बढी वित्तीय कारोबार गरिसकेको बताइएको छ ।

सम्झौता हस्ताक्षर पछि लक्ष्मी बैंकका कार्यकारी अधिकृत अजय विक्रम शाहले एडिबिको यस कार्यक्रममा सहभागी हुन पाउँदा बैंक गौरवान्तित भएको बताउँदै लक्ष्मी बैंकले नेपालका साना तथा मझौला व्यवसाय, कर्पाेरेट, इन्स्टिच्युसनल तथा इन्फ्रास्टक्चर प्रोजक्टरमा ट्रेड फाइनान्स सेवा प्रदान गर्दै आइरहेको र यसबाट अन्तराष्ट्रिय बजारमा ग्राहकले फाइदा लिनसक्ने भन्दै वर्तमान अवस्थामा निजी क्षेत्रबाट गरिएको यस्तो लगानीले आर्थिक वृद्धिमा विशेष सहयोग पुग्ने बताए ।

नेपालका लागि एडिवि इन्भेष्टमेन्ट स्पेसलिस्ट एण्ड रिलेसनसिप म्यानेजर ज्यानेट हाइडले लक्ष्मी बैंकसँग गरिएको ट्रेड फाइनान्स प्रोगामले नेपालको वर्तमान आर्थिक बृद्धिमा विशेष सहयोग पुग्ने तथा नयाँ सुविधाले देशमा आर्थिक क्रियाकलाप हुनगई साना तथा मझौला व्यवसायको विकासमा सहयोग पुग्ने बताए ।

लक्ष्मी बैंकले ४८ जिल्लामा ११० शाखाहरु , ३ हस्पिटल काउन्टर, १३१ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ५८ शाखासहित बैंकिङ ४०० भन्दा बढी मोबाइल एजेन्ट रहेका बैंकद्वारा जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम तथा

काठमाडौं । लामो समयदेखि अमेरिकामा समाजसेवामा सक्रिय रहेका कृष्ण लामिछाने मृत भेटिएका छन् ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले