back
CTIZAN AD

एडिबि बैंक र लक्ष्मी बैंकबीच सम्झौता

वि.सं.२०७६ साउन १६ बिहीवार

711 

shares

१६ साउन, काठमाडौँ । एशियन डेभलपमेन्ट बैंक (एडिबि) ट्रेड फाइनान्स प्रोगाम र लक्ष्मी बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा सन् २००९ देखि सञ्चालित यस एडिवि ट्रेड फाइनान्स कार्यक्रमले नेपालका दुई स्थानीय बैंकहरुसँग सहकार्य गर्दै आएको छ भने २०० भन्दा बढी वित्तीय कारोबार गरिसकेको बताइएको छ ।

सम्झौता हस्ताक्षर पछि लक्ष्मी बैंकका कार्यकारी अधिकृत अजय विक्रम शाहले एडिबिको यस कार्यक्रममा सहभागी हुन पाउँदा बैंक गौरवान्तित भएको बताउँदै लक्ष्मी बैंकले नेपालका साना तथा मझौला व्यवसाय, कर्पाेरेट, इन्स्टिच्युसनल तथा इन्फ्रास्टक्चर प्रोजक्टरमा ट्रेड फाइनान्स सेवा प्रदान गर्दै आइरहेको र यसबाट अन्तराष्ट्रिय बजारमा ग्राहकले फाइदा लिनसक्ने भन्दै वर्तमान अवस्थामा निजी क्षेत्रबाट गरिएको यस्तो लगानीले आर्थिक वृद्धिमा विशेष सहयोग पुग्ने बताए ।

नेपालका लागि एडिवि इन्भेष्टमेन्ट स्पेसलिस्ट एण्ड रिलेसनसिप म्यानेजर ज्यानेट हाइडले लक्ष्मी बैंकसँग गरिएको ट्रेड फाइनान्स प्रोगामले नेपालको वर्तमान आर्थिक बृद्धिमा विशेष सहयोग पुग्ने तथा नयाँ सुविधाले देशमा आर्थिक क्रियाकलाप हुनगई साना तथा मझौला व्यवसायको विकासमा सहयोग पुग्ने बताए ।

लक्ष्मी बैंकले ४८ जिल्लामा ११० शाखाहरु , ३ हस्पिटल काउन्टर, १३१ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ५८ शाखासहित बैंकिङ ४०० भन्दा बढी मोबाइल एजेन्ट रहेका बैंकद्वारा जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।

वि.सं.२०७६ साउन १६ बिहीवार १२:०४ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...