back
CTIZAN AD

सिर्जनशील उद्यमी मेला भृकुटीमण्डपमा

वि.सं.२०७६ साउन १७ शुक्रवार

1.3K 

shares

१७ साउन, काठमाडौँ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले १८ औँ सिर्जनशील उद्यमी मेला आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । महिला सिर्जनशील केन्द्रले आयोजना गरेको उक्त मेलामा करीब १०० बिक्री कक्ष छन् । घरेलु उत्पादन, हस्तकला, कपडा, जुत्ता, यान्त्रिक तथा सजावटका सामान प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ । यही साउन २१ गतेसम्म मेला चल्नेछ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मेलाको शुभारम्भ गर्दै समाजिक रुपान्तरणका लागि महिला उद्यमशीलताको खाँचो रहेको बताइन । समाजमा हुने आर्थिक गतिविधिमा महिला वर्गको पहुँच नभएका कारण महिला सशक्तीकरण हुन नसकेको अवस्थामा उनीहरुलाई सीपमूलक व्यवसाय, तालीम उपलब्ध गराई उद्यमी बनाउन स्थानीय तहले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिइन ।

सोही मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले कूल गार्हस्थ उत्पादनको करीब ४० प्रतिशतले व्यापार घाटा बढ्दै गएको अहिलेको अवस्थामा महिला वर्गले उत्पादन गरेका स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्ने बताए ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले स–साना घरेलु उद्योगले सिर्जना गर्ने रोजगारीले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मेलालाई आफ्नो संस्थाले एक लाख आर्थिक सहयोग गर्ने बताए । केन्द्रका अध्यक्ष निलु थापाले महिलालाई विभिन्न प्रकारका तालीम दिएर उद्यमी बनाउने र उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने संस्थाको नीति रहेको जानकारी दिए ।

वि.सं.२०७६ साउन १७ शुक्रवार ०९:४३ मा प्रकाशित

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ

काठमाडौँ । इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य...

एसइई परीक्षाः सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

एसइई परीक्षाः सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका...

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरुमा नयाँ...

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या

काठमाडौँ । सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या...

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट...

सभामुखमा रास्वपाका अर्यालको मात्रै उम्मेदवारी

सभामुखमा रास्वपाका अर्यालको मात्रै उम्मेदवारी

काठमाडौँ । प्रतिनिधिसभा, सभामुखको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र राष्ट्रिय स्वतन्त्र...