१७ साउन । प्रशिक्षक प्रशिक्षण(TOT Training) को तालिम योजना बनाएर सम्पूर्ण तयारी पुरा गरेपछि औपचारिक रुपमा प्रशिक्षण सुरु गर्दछौँ । तालिमको सुरुवात गर्दै सहभागीहरुलाई स्वागत गर्ने, प्रशिक्षण प्रक्रिया बारे जानकारी गराउने, संस्थाबारे बारे जानकारी गराउनुको साथै प्रशिक्षणको उद्देश्य बारे प्रकाश पार्ने, सुविधासम्बन्धी जानकारी गराउने लगायतको काम गर्दछौँ । प्रशिक्षणको औपचारिक सुरुवात कसरी गर्ने ?
जानौँ :
प्रशिक्षणका लागि के कति सहभागीहरु उपस्थित भए भनी यकिन गर्न सहभागीहरुको नाम दर्ता गर्नु पर्छ । सहभागीहरुको नाम दर्ता पछि प्रशिक्षण औपचारिकरुपमा शुरु गरी कार्यक्रम संयोजकले सहभागीहरुको स्वागत गर्दै कार्यक्रमको विस्तृत जानकारी गराउनु पर्छ । यस औपचारिक कार्यक्रममा प्रशिक्षण कार्यक्रम सञ्चालन प्रकृयाबारे सहभागीहरुलाई जानकारी गराउनु पर्दछ । त्यसपछि कार्यक्रमप्रति सहभागीले राखेको अपेक्षा र कार्यक्रमको सफलताको लागि निर्धारण गरिने मान्यताहरुबारे सहभागीहरुसँग छलफल गरी निर्णय गर्नु प्रशिक्षण औपचारिकता कार्यक्रमको मुख्य उद्देश्य हो ।
शुभारम्भ कार्यक्रम
सहभागीहरुको स्वागत तथा कार्यक्रम सम्बन्धी जानकारी
प्रशिक्षण प्रकृया सम्बन्धी जानकारी
सहभागीहरुको परिचय
प्रशिक्षणबाट सहभागीहरुले गरेको अपेक्षा संकलन
उद्देश्यमाथि प्रकाश
मान्यता निर्धारण
सुविधा सम्बन्धी जानकारी
परिचय अभ्यास
परिचय क्रियाकलापले प्रशिक्षणमा सहभागीहरूको सहभागितालाई सहज वातावरण प्रदान गर्दछ । यस अभ्यासले प्रशिक्षणमा संवादको संचार सुरु गर्दछ । साथै यसले प्रशिक्षणलाई दिशा प्रदान गर्दछ । परिचय अभ्यासलाई प्रशिक्षणमा वातावरण सिर्जना गर्ने वा मनको असजिलो हटाउने अभ्यास भन्ने गरिन्छ । यस अभ्यासले प्रशिक्षणमा सक्रियताको अभिवृद्धि गर्दछ ।
परिचय अभ्यासले एकअर्कामा परिचय गर्ने अवसर प्रदान गर्दछ । यसले समूहमा मानिसहरूबीच सम्बन्ध बढाउँछ । यो अभ्यास सहभागीहरूबीच संवाद सुरु गर्नका लागि ज्यादै प्रभावकारी मानिन्छ । यसबाहेक परिचय अभ्यासले अपरिचित व्यक्तिहरूबीच मात्र होइन, परिचित व्यक्तिहरूबीच पनि पुनःताजगी गर्दछ ।
परिचय अभ्यासले सहभागीहरूमा हँसिलो र सहज वातावरण सिर्जना गर्दछ । यो अभ्यास रमाइलो तरिकाले संचालन गरियो भने प्रशिक्षणलाई सरल र सहज बनाउन मद्दत गर्दछ ।
समूहमा काम गर्दा परिचय अभ्यासलाई एउटा प्रभावकारी औजारको रूपमा लिइन्छ । प्रशिक्षकले यस अभ्यासको उपयोगिताबारे जानकारी राख्नुपर्दछ । प्रभावकारी उपलब्धी पाउन प्रशिक्षकले यो औजारको अभ्यास गर्नुपर्दछ । त्यसकारण यो औजारलाई प्रशिक्षकले प्रशिक्षण कार्यशालाको सुरुमा प्रभावकारीढंगबाट प्रयोग गर्न सुझाव गरिएको छ ।
सहभागीहरुलाई परिचय गराउनु भनेको स्थितिमा खुकुलो पार्नु हो । यसका लागि विभिन्न तरिकाहरु अपनाउन सकिन्छ । जस्तो व्यक्तिगत परिचय गराएर अर्थात् आफ्नो परिचय आफैले दिने । परिचय दिँदा नाम, पद, संस्था र संस्थाको कार्यक्षेत्र र त्यस्तै अन्य कुराहरु राख्न सकिन्छ । त्यस्तै जोडी शब्दबाट परिचय :
परिचय औजारहरु
(क) जोडी शब्दबाट परिचय कार्यक्रम
पहिले नै तयार गरिराखेको जोडा मिल्ने शब्दहरु सहभागीहरुलाई चिठ्ठा विधिद्वारा लिन लगाउने ।
एकअर्कोले शब्दको जोडाको हिसाबले साथी खोजी निम्न क्षेत्रमा परिचय लिने ः
नाम :
ठेगाना
कार्यक्षेत्रको अनुभव :
रुचि :
बिर्सन नसकिने घटना (सकारात्मक) :
प्रत्येक जोडाले परिचय लिइसकेपछि उपरोक्त बुँदाहरुको आधारमा आफ्नो साथीको परिचय दिने ।जोडा शब्दको उदाहरण :
जन+सहभागिता – जनसहभागिता
लोकतन्त्र+निर्णय – लोकतान्त्रिक निर्णय
मानव+अधिकार – मानवअधिकार
नागरिक+हक – नागरिक हक
पारदर्शी+राज्य – पारदर्शी राज्य
विधि
– सहभागीअनुसार माथि उल्लेख गरेजस्तै शब्द प्रशिक्षकले लेख्ने ।
– + भएका शब्दहरु सहभागी संख्याअनुसार कैचिले काटी अलग गर्ने ।
– काटेको टुक्रा पट्याउने ।
– पट्याएपछि कुनै एउटा कपि÷कचौरामा राखी घुमाउने ।
– एक/एक गरी सहभागीलाई टिप्न लगाउने ।
– सबै सहभागीले टिपेपछि– आफ्नो कपिबाट माथि उल्लेखित बाँडेका शब्दहरुको जोडी र त्यसको अर्थ सबैले सुन्ने गरी पढ्ने ।
– अब सहभागीहरुले शब्दको आधारमा आफ्नो जोडी खोज्न लगाउने ।
– एकले अर्काको परिचय तल बताएअनुसार (ख मा दिएअनुसार) लिन लगाउने ।
– जोडीअनुसार दुबै सहभागीहरुलाई अगाडि बोलाउने ।
– सहभागीले एकले अर्काको परिचय दिन लगाउने ।
– सहभागीहरुलाई परेको शब्दको बारेमा बोल्न लगाउने ।
– दुईमध्ये एक सहभागीले दुवै शब्दको अर्थको बारेमा (दुई मध्ये एकले) बोल्न लगाउने ।
– सबैलाई ताली बजाएर धन्यवाद दिन लगाउने ।
प्रत्येक जोडाको परिचयपश्चात् एकजनाले जोडी शब्दले दिने अर्थबारे दुई शब्द बोल्न लगाउने ।
ख) बोल्ने अभ्यासद्वारा परिचय कार्यक्रम बोल्नुपर्ने कुराहरु :
नाम :
ठेगाना :
रुचि :
तालिम हुँदै गरेको कार्यक्रमको शिर्षक बारे :
विधि
माथि उल्लेखित तालिकाअनुसार सहभागीलाई आ–आफ्नो स्थान वा समूहको अगाडि आएर बोल्न लगाउने (१–२ मिनेट भित्र) ।
प्रशिक्षकले रुचि र मानवअधिकारको बारेमा सहभागीहरुले व्यक्त गरेको विचार Brown Paper मा लेख्ने ।
सबैले बोलिसकेपछि लेखेका कुराहरुको संक्षेपीकरण गर्ने ।
फाइदा
यस अभ्यासले सहभागीहरुले आपसी परिचय र केही खुलेर बोल्ने वातावरणको सृजना गर्दछ ।
लज्जालु सहभागीहरुलाई खुल्न मद्दत गर्दछ ।
कहिलेकाही कुनै सहभागीहरुको पहिलो अभ्यास हुन सक्दछ । त्यसैले उनीहरुलाई यस अभ्यासले आत्मविश्वास र उत्साह बढाउने काम गर्दछ ।
मान्यता निर्धारण
प्रशिक्षणको मान्यता भनेको सहभागीहरूले प्रशिक्षण सुचारुरूपले संचालन गर्न आफैले बनाएका नियमहरू हुन् । यसमा प्रशिक्षण सत्रको बेला सहभागी र प्रशिक्षकले के–कस्ता व्यवहारहरू गर्ने–नगर्ने स्पष्ट उल्लेख गर्नु पर्दछ । यसरी तयार गरेको मान्यताले प्रशिक्षणलाई सफल पार्न मद्दत पु¥याउछ । समष्टिमा प्रशिक्षण मान्यताहरू प्रशिक्षणलाई प्रभावकारी बनाउनका लागि निर्देशक सिद्धान्तहरू हुन् ।
मान्यता निर्धारण नमुना
सि.नं. समूह — मान्यता के गर्ने ?
१. ठिक समयमा उपस्थित
२. समय तालिकाको पालना
३. प्रस्तुतिकरणको बेलामा कानेखुसी
४. आफुले बोल्नु पर्ने कुरा पालै पालो
५. छलफलमा सबैले भाग
६. एकले अर्काको विचारलाई ध्यान दिएर
७. विषय देखि बाहिर
८ साथीहरु बीच भेदभावको भावना
९. एकजना बाहिर गएमा छलफल बन्द
१०. ठिक समयमा उपस्थित नहुनेले
११. मोबाइलको स्विच
१२. दैनिक नेताको चयन
१३. दैनिक प्रतिवेदकको चयन
१४. माथिका मान्यतालाई सबैले पालना
वातावरण निर्माणः
अवधारणाः सहभागीहरु विभिन्न मर्यादा क्षेत्रबाट प्रतिनिधित्व गरेका हुन्छन् । यसले व्यक्तित्व विभेद सृजना हुन सक्तछ जसले सिकाई प्रक्रियामा प्रतिकुल प्रभाव पार्न सक्तछ । त्यसैले सबै सहभागी समान हुन् भन्ने सोंचको विकास गर्न यो अभ्यासले मद्दत गर्दछ ।
विधिः
– सबै सहभागीलाई मेटाकार्ड बाँड्ने ।
– नाम र पद लेख्न लगाउने ।
– नाम, पद लेखिसकेपछि एउटा बास्केटमा÷चटाइमुनी यो ढोका बाहिर सुरक्षित राख्ने ।
– अब हामी सबै समान छौं यो हलभित्र भन्ने सन्देश सुनाउने ।
– प्रशिक्षण समाप्तिपछि आफ्नो दर्जा यथावत् लिएर जाने जानकारी दिने ।
फाइदाः
– प्रशिक्षण अवधिमा सबै बराबर छौं भन्ने भावना जागृत हुनेछ ।
– सहभागीतमा सक्रियता बढ्ने छ ।
– आत्मविश्वासको अभिवृद्धि हुनेछ ।
वि.सं.२०७६ साउन १७ शुक्रवार १०:०५ मा प्रकाशित
























