back
CTIZAN AD

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

वि.सं.२०८२ चैत २० शुक्रवार

222 

shares

धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई रु ४० हजार घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरी निरीक्षक वकिल अधिकारी रहेका छन् ।

अख्तियारको बर्दिवास कार्यालयका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग घुस लिँदै गर्दा प्रहरी निरीक्षक अधिकारीलाई आज पक्राउ गरिएको हो । प्रहरी निरीक्षक अधिकारीमाथि विभिन्न बहानामा निर्माणमा प्रयोग हुने सवारी साधन रोक्ने तथा काममा अनावश्यक बाधा गर्ने आरोप छ ।

यही क्रममा ठेकेदारसँग रकम मागेको सूचनाका आधारमा अख्तियारको टोलीले प्रहरी निरीक्षक अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

वि.सं.२०८२ चैत २० शुक्रवार १५:४८ मा प्रकाशित

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...