back

सेवा अवरुद्ध हुन नदिन नयाँ भवन

वि.सं.२०७६ साउन १७ शुक्रवार

585 

shares
GLOBAL IME AD
NTC AD

१७ साउन, जाजरकोट । जाजरकोट जिल्ला अस्पतालको नयाँ ६ कोठे भवन निर्माण गरिएको छ । कूल ५४ करोडको लागतमा ५० श्ययाको नयाँ भवन बनाउनुअघि सेवा अवरुद्ध हुन नदिन उक्त भवन निर्माण गरिएको हो । ५० श्ययाको भवन बनाउन ठेक्का समेत स्वीकृत भईसकेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको रु ५० लाख लागतमा नयाँ भवन निर्माण भएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताए ।

प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट अस्पतालमा अहिले दैनिक सेवा सुधार भएर जटिल खालका शल्यक्रियासमेत हुँदै आएका छन् । नयाँ बन्ने भवन अत्याधुनिक रहने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । विसं २०३१ मा निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जाजरकोट अस्पतालले अब नयाँ भवनबाट सेवा पुनःसञ्चालन गर्न लागेको छ ।
पाँच वर्ष अघि तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले ५० श्ययाको रुपमा जाजरकोट अस्पताल बनाउने घोषणा गरेका थियो । सेवा थपिएर घर, आँगनमै उपचार र सुविधा पाएपछि स्थानीयवासी खुशी भएका छन् ।

रुकुम, डोल्पा र सल्यानका बिरामीसमेत जाजरकोट अस्पतालमा सेवा लिन आँउदा भीड बढ्ने गरेको छ । गाउँ, गाउँका स्वास्थ्य संस्थाले बिरामीको अवस्था हेरेर सिफारिस गर्ने गरेको र जटिल खालको उपचारसमेत जिल्लाभित्र सम्भव भएको डाक्टर भूपेन्द्रप्रकाश मल्लले जानकारी दिए । भवनबाट पानी चुहिएर उपचारमा सास्ती भोग्दै आएको अस्पतालमा नयाँ व्यवस्थापन समिति आएसँगै गति पाएको नागरिक अगुवा प्रकाश चन्दले बताए ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बिरामीलाई आफैँ रगत दिएर पनि ज्यान बचाउने गरेका छन् । ब्लर्ड बैंक नभएको जाजरकोटमा रगतकै अभावमा ज्यान जोखिममा परेका बिरामी आएमा आफैँ रगत दिएर जीवनरक्षा गर्ने गरेको डाक्टर मल्लले बताए । हालै लगातार रक्तश्राव भएर समस्यामा परेकी बारेकोट गाउँपालिका–६ कि २६ वर्षीया भावना चलाउनेलाई अस्पतालमा कार्यरत स्टाप नर्स नेप्लिजा पुनमगरले रक्तदान गर्नुभएको थियो ।

“त्यस्तै योभन्दा अगाडि प्रहरी र सेनाले समेत बिरामीलाई पटक, पटक रगत दिएर बचाउने गरेका छन् । बिरामी छट्पटाइरहेको देखेपछि मनले मान्दैन अनि रगत दिन बाध्य हुनुपर्छ”, डाक्टर मल्लले भने”, “बिरामीको ज्यान बचाउनु पहिलो प्राथमिकता हो, कमजोर आर्थिक अवस्थाका बिरामी आएका हुन्छन्, उनीहरुलाई औषधि किन्नका लागि व्यक्तिगत रुपमा पैसासमेत दिएको छु ।”

बजेट अभावका कारण सबै काम पूरा हुन नसकेको अध्यक्ष बस्नेतले बताए । “केन्द्र, प्रदेश र स्थानीय सरकारसँग नियमित सम्पर्क भइरहेको छ, हामी नयाँ, जाजरकोट निर्माण र जनताको भरोसा बदलिएको जाजरकोट निर्माणको अभियानमा छौँ”,उनले भने ।
जाजरकोट अस्पताल र नेपाल रेडक्रस सोसाइटीको संयुक्त पहलमा ब्लर्ड बैंक स्थापनाको कार्य शुरु भएको छ । अस्पतालको स्तरोन्नतिसँगै ब्लड बैंक स्थापनाका लागि पहल शुरु भएको अस्पताल विकास समितिका अध्यक्ष बस्नेतले बताए । अहिले बिरामीको ज्यान बचाउन सिधै रगत दिने गरिँदै आएको छ । विद्युत् नियमित नहुँदा ब्लर्ड बैंक स्थापनामा समस्या देखिएको छ ।

वि.सं.२०७६ साउन १७ शुक्रवार ०९:३४ मा प्रकाशित

किसानलाई कृषि औजार वितरण

किसानलाई कृषि औजार वितरण

जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका...

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

सिमकोट, (हुम्ला) । हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज...

दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको...

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्बभन्दा बढी बजेट सुनिश्चित

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्बभन्दा बढी बजेट सुनिश्चित

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी...

हुम्लामा बाक्लो हिमपात

हुम्लामा बाक्लो हिमपात

हुम्ला (सिमकोट) । जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात भएको छ...

शिक्षकलाई निजामती सेवा सरह सुविधा दिनुपर्छ

शिक्षकलाई निजामती सेवा सरह सुविधा दिनुपर्छ

कर्णाली । ‘विद्यालय शिक्षा विधेयक-२०८०’ सम्बन्धी कर्णाली प्रदेशस्तरीय छलफलमा शिक्षकको...