back
CTIZAN AD

युवालाई आत्मनिर्भर बनाउँदै कावासोतीमा सहकारीको पहल

वि.सं.२०८२ चैत ८ आइतवार

1.1K 

shares

कावासोती । हमारदिगो गाउँ पर्यटन सहकारी संस्था लिमिटेड, कावासोती–१५ बाघखोरले युवाहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्यले आइतबार “युवा तथा साना व्यवसायी कोषको दोस्रो किस्ता लगानी” विषयमा एकदिने अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोष अन्तर्गत नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय द्वारा उपलब्ध गराइएको थोक कर्जा निकासा भएपछि उक्त रकमको प्रभावकारी लगानीबारे सहभागीहरूलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य प्रशिक्षक प्रितम भुजेलले सहकारीको मर्म र उद्देश्य सबैले बुझ्नुपर्नेमा जोड दिँदै ४० लाख रुपैयाँ कर्जा रकमको सही सदुपयोग गरी आर्थिक समृद्धितर्फ अघि बढ्न आग्रह गरे। उनले विशेषगरी महिला उद्यमीहरूलाई लक्षित गर्दै कोषका नीति, कार्यक्रम तथा दोस्रो किस्ता लगानी सम्बन्धी महत्वपूर्ण प्रशिक्षण प्रदान गरे।

कार्यक्रममा सहभागीहरूले सरकारी सहयोगलाई उत्पादनशील क्षेत्रमा लगानी गरी आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यस किसिमका कार्यक्रमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुका साथै युवाहरूमा आत्मविश्वास र उद्यमशीलता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

संस्थाका अध्यक्ष नरबहादुर महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन व्यवस्थापक धनमाया महतोले गरेका थिए भने स्वागत मन्तव्य सचिव सिर्जना बोटेले राखेकी थिइन् ।

वि.सं.२०८२ चैत ८ आइतवार १३:५४ मा प्रकाशित

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...