back
CTIZAN AD

छुट्टाछुट्टै स्थनामा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

वि.सं.२०७६ साउन १७ शुक्रवार

930 

shares

१७ साउन, काठमाडौं । नवलपरासी(पूर्व), चितवन र पर्सामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

सुनवल नगरपालिका-१२ हरकट्टास्थित सडकमा लु.२ ख १६८६ नम्बरको बस बिग्री मर्मत गर्नको लागि जग लगाई टायर फेर्ने क्रममा जग पल्टिन गई बसले च्यापियर चालक नवलपरासी सुनवल नगरपालिका-१२ हरकट्टा बस्ने देव बहादुर थापाको बिहीबार दिउँसो मृत्यु भएको हो ।

बसले च्यापियर गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त बसले च्यापियर घाइते भएका सोही बसका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै भरतपुर महानगरपालिका-१० स्थित ना.४८ प ७०६४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कालिका नगरपालिका-९ बस्ने प्रदिप सुनारको बिहीबार राति मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै पर्सा, बिन्दवासिनी गाउँपालिका-५ प्रसौनीभाठा चौकस्थित बिआर २२ पि ९८८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मुसहर्वा टोल बस्ने ६५ वर्षीय भिम दासको शुक्रबार बिहान मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन १७ शुक्रवार १३:५९ मा प्रकाशित

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

प्रदेशको समानुपातिक नतिजाः नयाँको उदयले पुराना दबाबमा

काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक...

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...