back
CTIZAN AD

आइतबार २० अर्ब निक्षेप सङ्कलन उपकरणको बोलकबोल हुने

वि.सं.२०७६ साउन १८ शनिवार

708 

shares

१८ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २० अर्ब बराबरको निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार यही साउन १९ गते १५ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गरिने भएको छ ।

बैंकले त्यसलाई निक्षेप सङ्कलन उपकरणको नाम दिएको छ । घटीमा रु पाँच करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने र बहुब्याजदरमा पनि गर्न सकिने व्यवस्था गरिएको छ ।

उक्त बोलकबोल प्रक्रियामा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ । निक्षेप सङ्कलनको रकम सम्बन्धित बोलवालाको लगानी हुने भएकाले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने बैंकले जनाएको छ ।

वि.सं.२०७६ साउन १८ शनिवार ०८:५९ मा प्रकाशित

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

खातामा स्थायी लेखा नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एन आई सी एशिया बैंकको अनुरोध

खातामा स्थायी लेखा नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एन आई सी एशिया बैंकको अनुरोध

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई...