back
CTIZAN AD

यी हुन् हाम्रो शहर कुरुप हुनुका २० कारण

वि.सं.२०७६ साउन १९ आइतवार

1.2K 

shares

१-जथाभावी फोहोर फाल्ने र त्यसो गर्नेलाई कुनै लाज पनि नलाग्ने अनि कुनै कानूनी दायित्व पनि नहुनाले ।

२-कुकुर पालकहरुले लाजै नमानी सडकमा कुकुरलाई दिशा पिसाब गराउनाले । अरु देशमा भए प्लाष्टिक झोला र फोहोर उठाउने सामान समेत लिएर हिंड्न सिकाईरहनु पर्दैन ।

३-सडकमा जथाभावी निर्माण सामाग्री थुपार्ने र निकायबाट त्यसो गर्न निर्वाध रुपमा दिनाले ।

४-सवारी चालकहरुले लेन अनुसार सवारी नचलाउनाले अनि जथाभावी गाडी रोक्ने यात्रु चढाउने र ओराल्ने गर्नाले ।

५-मानिसहरुले जथाभावी असुरक्षित रुपमा बाटो काट्ने गर्नाले ।

६-शहरका भित्ता र पर्खालमा पोष्टर पम्प्लेट टाँस्ने र भित्तामा लेख्ननाले ।

७-शहरमा यत्रतत्र विज्ञापनका होर्डिंगबोर्डहरु राख्न दिइनुले ।

८-सडकको दायाँ बायाँ विद्दुतका खम्बाहरुमा टेलिभिजन र दूरसञ्चारका तारको गुजुल्टो पार्न कुनै रोकावट नभएकोले ।

९-स्थानीय व्यक्तिहरुले आफूखुशी कुनै स्वीकृतिबिना सडक खनी खानेपानीका पाइप पास गराउने र माटो गिट्टिले पुरपारसम्म पारे पनि अरु र दायित्व लिन नपर्नेजस्तो भएकोले ।

१०-टोलबासीहरुले स्वीकृतिबिना नै आफूखुशि सडकमा ब्रेकरहरु राखिदिनाले ।

११-विकास निर्माणका काममा सडक खानेपानी र दूर सञ्चार कार्यालयका बिच कुनै समन्वय नहुनाले ।

१२-ठेकेदारहरुले यथा समयमा काम नगरे पनि कुनै दायत्वि व्यहोर्न नपर्ने हुनाले ।

१–सडकमा परेका खाडलहरु दुरुस्त पार्न कुनै निकाय सक्रिय नहुनाले ।

१४-जितेका नेताहरुले चुनाव जित्न गरिएका बाचाहरु पूरा गर्न प्रतिबद्ध नहुनाले ।

१५-प्रदूषण गराउने सवारी साधनहरुको मापदण्ड लागु नगराउनाले ।

१६-आफ्नो कर्तव्य र दायित्व के हो मैले के गर्नु पर्छ भन्ने कुरा बिर्सि्दिनाले ।

१७-यहाँ जे गरे पनि छुट हुन्छ भन्ने मानसिकता बोक्नाले ।

१८-देश विदेश घुमेर आएपनि परिवर्तनको सोच लिन नसक्नाले ।

१९–योजनाकारहरुले स्वच्छ सफा हराभरा शहरको अवधारणा लागू गर्न तत्परता नलिनाले ।

२०- सामान्यतया कानूनको शासन भन्ने कुरा केवल कानूनका पुस्तकमै सिमित हुनाले ।

न्यायाधिश कुँवरको फेसबुकबाट लिइएको ।

वि.सं.२०७६ साउन १९ आइतवार ०७:४९ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...