१९ साउन, वीरगन्ज । अपहरणकारीको चंगुलबाट भागेर घर फर्किएका छोरा उपनेश चौरसियाका लागि न्याय माग्दा प्रहरीले उल्टै थुनेको पर्साको विन्दावासिनी गाउँपालिका –४ मधवलका जंगबशादुर चौरसियाले आरोप लगाएक छन् ।
वीरगन्जमा शनिबार पत्रकार सम्मेलन गर्दै प्रहरीले अपहरणकारीलाई पक्राउ गनृुको साटो छोरालाई थुनामा राखेर सार्वजनिक अपराधको मुद्दा चलाइको उनले आरोप लगाएका हुन् ।
वीरगन्जबाट गत मंगलबार अपहरणमा परी भारतमा पुराइएका तरुण दलका कार्यकर्ता उपनेश अपहरणकारीको चंगुलबाट भागेर बिहीबार परवारको सम्पर्कमा आएका थिए । तर उपनेश स्वयंमले अपहरणमा परेको भन्दै झुठो हल्ला फैलाएकाले पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । आइतबारको अन्नपूर्ण पोस्टबाट
वि.सं.२०७६ साउन १९ आइतवार ०७:४९ मा प्रकाशित




























