back
CTIZAN AD

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

वि.सं.२०७६ साउन १९ आइतवार

807 

shares

१९ साउन,काठमाडौं । महोत्तरी, सर्लाही र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका–४ स्थित सडकमा ना.७ ख १६४१ नम्बरको बसले शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको उपचारको लागि शुभस्वस्तिक अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको कविलासी नगरपालिका – ७ सिरसियास्थित सडकमा बीआर ३(भी)७१८७ नम्बरको मोटरसाइकललाई शनिबार राति हाल नम्बर नखुलेको ट्रयाक्टरले ठक्कर दिंदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सर्लाही चक्रघटा गाउँपालिका-६ बस्ने रामशिला कुमारी दासको उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

ट्रयाक्टर सहित फरार रहेका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दाङ को तुलसीपुर उपमहानगरपालिका १२ रजेनीस्थित सडकमा लु.२ त ३४३५ नम्बरको ट्याक्टरबाट शनिबार राति सोही ठाउँ बस्ने राम कृष्ण चौधरी एक्कासी खसेर गम्भीर घाइते भएकाले उपचारको क्रममा उनको राष्ट्रिय प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको छ । ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिइ हाल फरार रहेका चालकको खोजी कार्य गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ साउन १९ आइतवार १३:२८ मा प्रकाशित

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

र्वाचनको सबै तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी...

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौँ । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप...

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले...

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित...