back
CTIZAN AD

रोल्पाकै पहिलो महिला अधिवक्ता

वि.सं.२०७६ साउन १९ आइतवार

930 

shares


१९ साउन, रोल्पा । रोल्पा नगरपालिका–४ लिवाङकी प्रकृति मल्ल रोल्पा जिल्लाको पहिलो महिला अधिवक्ता बनेकी छन् । नेपाल कानून व्यवसायी परिषद्ले लिएको अधिवक्ता तहको २६औँ परीक्षा उत्तिर्णसँगै मल्ल जिल्लाकै पहिलो महिला अधिवक्ता बनेकी हुन् ।

अधिवक्ता परीक्षामा सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै उनले चौथो स्थान हासिल गरीन् । परिषद्ले उत्कृष्ट १० स्थान हासिल गर्नेहरुको नामसमेत सार्वजनिक गर्ने गर्दछ । त्यसरी नाम सार्वजनिक गर्ने १० उत्कृष्ट परीक्षार्थीको रुपमा उनी चौथो स्थान कायम गर्न सफल भएकी हुन् ।

मल्लले सेन्ट जेबियर्स स्कुलबाट उत्कृष्ट अङ्कसहित विज्ञानमा १० जोड दुई उत्तीर्ण गरेकी थिइन् । नेपाल ल क्याम्पसबाट बिएएलएलबी उत्तीर्ण गर्दा उनी त्रिभुवन विश्व विद्यालयको दोस्रो ‘टपर’का रूपमा रहेकी थिइन् । उनले सार्क राष्ट्रका विद्यार्थीमध्ये पहिलो नम्बरमा छनोट भई साउथ एशियन युनिभर्सिटी नयाँ दिल्लीमा छात्रवृत्तिमा एलएलएम अध्ययन गरिरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

“जिल्लामा कानून पढ्नेको सङ्ख्या निकै कम छ । त्यसमा पनि महिलाको सङ्ख्या त झनै कम । अधिवक्ताको रूपमा कानून व्यवसाय गर्नेको सङ्ख्या जिल्लामा एक दर्जन बढी छैन । त्यसरी व्यवसाय गर्ने महिला अधिवक्ता झन शून्य छ”, अधिवक्ता जितविक्रम मल्लले भने । (रासस)

वि.सं.२०७६ साउन १९ आइतवार १५:४२ मा प्रकाशित

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा (रुपन्देही) । रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

लमजुङमा कांग्रेसको अग्रता

लमजुङमा कांग्रेसको अग्रता

लमजुङ । एकमात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले...

बाँकेमा किरियापुत्रीद्वारा मतदान

बाँकेमा किरियापुत्रीद्वारा मतदान

खजुरा, (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

भैरहवा (रुपन्देह) । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित...

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका...