back

वस्तुगत प्रश्नोत्तर : माध्यामिक तह नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

वि.सं.२०७६ साउन २० सोमवार

2.4K 

shares
RBB AD
NTC AD

२० साउन, काठमाडौँ । शिक्षक सेवा आयोगले यही साता मात्र लामो समयपछि शिक्षक लाईसेन्सको विज्ञापन खुलाएको छ । आयोगले यस वर्षबाट विषयगत रुपमा अध्यापन अनुमतिपत्रको व्यवस्था गर्न लागेको हो । समयक्रमसँगै प्रतिस्पर्धामा पनि जटिल बन्दै जाने देखिन्छ । त्यसै अनुरुप बस्तुगत प्रस्न (बहुबैकल्पिक ) अङ्कभारमा ४० र विषयगतको अङ्कभार ६० निधार्रण गरिएको छ । खण्ड ‘क’ अन्तर्गत ‘विषयवस्तु सम्बन्धी ज्ञान’ र खण्ड ‘ख’ ‘शिक्षण सहजीकरण प्रक्रिया’ गरी दुइृ खण्डमा विभाजन गरिएको छ ।
शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज तपाईकै आवश्यकतालाई मनन गर्दै माध्यामिक तहको नेपाली विषयको वस्तुगत प्रश्न लिएर आएका छौँ ।
यी हुन् शिक्षक लाईसेन्स परीक्षामा सोधिने केही महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर ।
विषय : नेपाली पूर्णाङ्क : ४०
तह : निम्न माध्यामिक

१. कथाकारलाई गतिशील बनाउने प्रमुख तत्व के हो ?
क. पात्र ख. कथावस्तु ग. उद्देश्य घ. भाषाशैली


२. जीवनजगतलाई सजिलै बुझ्ने तथा आर्दशमा अनुबन्धित भएको पात्रलाई के भनिन्छ ?
क. गोला ख. च्याप्टा ग. आञ्चलिक घ. मौलिक

३. नवीन विषयवस्तुलाई अवलम्बन गर्ने तथा आफ्नो अलग्गै पहिचान भएका पात्रलाई के भनिन्छ ?

क. गोला ख. च्याप्टा ग. आञ्चलिक घ. मौलिक


४.कुनै स्थान विशेषलाई प्रतिनिधित्व गर्ने पात्रलाई के भनिन्छ ?

क. गोला ख. च्याप्टा ग. आञ्चलिक घ. मौलिक

५. कुनै मूर्त वस्तुको माध्यमबाट अमूर्त वस्तुलाई प्रस्तुत गर्ने साधनलाई के भनिनछ ?
क. विम्ब ख. प्रतीक ग. अलङ्कार घ. व्यङग्य

६. कुनै व्यक्ति वा वस्तुको आकृति र त्यससम्बन्धी अवधारणा आदिलाई मस्तिकमा प्रतिछाँयाका रुपमा प्रस्तुत गर्ने कार्यलाई के भनिन्छ ?
क. विम्ब ख. प्रतीक ग. अलङ्कार घ. व्यङ्ग्य

७. अहिलेसम्म नेपाली भाषामा पाइएको पहिलो लघुतम कथात्मक रुप पाइने कृति कुन हो ?
क. नासो ख. गरिब ग. हास्यकदम्ब घ. तीन आहानहरु

८. नेपाली भाषामा पाइएको पहिलो लघुतम कथात्मक रुप मुनसीका ‘तीन आहानहरु’को प्रकाशन समय कुन हो ?
क. वि.सं. १९७१ ख. वि.सं. १९८१ ग. वि.सं. १९६१ घ.वि.सं. १९१७

९. नेपाली भाषाको उत्पत्ति कहिले भएको हो ?

क. १० औं शताब्दी ख. ११ औं शताब्दी ग. १२ औं शताब्दी घ.१३ औं शताब्दी

१०. नेपालको संविधान २०७२ ले देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई कस्तो मान्यता दिएको छ ?

क. सरकारी कामकाजको भाषा ख. सम्पर्क भाषा ग. पठनपाठनको भाषा घ. विचार विनिमयको भाषा

११. सीमित नियमहरुको प्रयोग गरी असीमित भाषिक एकाइ निर्माण गर्न सक्ने मानवीय क्षमतालाई के भनिन्छ ?
क. व्यवस्थाहरुको व्यवस्था ख. भाषिक विशिष्टीकरण
ग. भाषिक सिर्जनशीलता घ. अन्तर्विनिमय योग्यता

१२. भाषिक सञ्चार सागसँगै अन्य क्रिया पनि एकैफेरी गर्न सक्ने मानवीय क्षमतालाई के भनिन्छ ?
क. व्यवस्थाहरुको व्यवस्था ख. भाषिक विशिष्टीकरण
ग. भाषिक सिर्जनशीलता घ. अन्तर्विनिमय योग्यता

१३. वक्ता श्रोता बनने र श्रोत्ता वक्ता बन्ने भाषिक गुणलाई के भनिन्छ ?

क. व्यवस्थाहरुको व्यवस्था ख. भाषिक विशिष्टीकरण
ग. भाषिक सिर्जनशीलता घ. अन्तर्विनिमय योग्यता
१४. भाषामा कस्तो व्यवस्था रहेको हुन्छ ?

क. बन्द व्यवस्था ख. खुला व्यवस्था ग. संरचित व्यवस्था घ. माथिका सबै

१५. प्राचिन समयमा साहित्य शब्दलाई जनाउन कुन शब्दको प्रयोग गरिएको पाइन्छ ?
क. काव्य ख. वाङ्मय ग. नाटक घ. लालित्य

१६. ‘शब्द र अर्थको सहभाव काव्य हो’ यो भनाई कसको हो ?
क. रुद्रट ख. भामह ग. जगन्नाथ घ. विश्वनाथ

१७. कुनै एक शब्दले एकभन्दा बढी अर्थ प्रदान गर्छ भने त्यसलाई कुन अलङ्कार भनिन्छ ?
क. अनुप्रास ख. यमक ग. वक्रोक्ति घ. श्लेष

१८. भाषालाई नियमन गर्ने भाषाभित्रै अन्तर्निहित संरचनालाई के भनिन्छ ?

क. व्यवस्था ख. व्याकरण ग. भाषाशास्त्र घ. वाक्य
१९. व्याकरणको सुरुवात कुन भाषिक एकाइबाट हुन्छ ?

क. रुप ख. शब्द ग. पदावली घ. वाक्य

२०. वर्णहरु निश्चित भाषिक परिवेशमा ……. हुन्छन् ?
क. अर्थभेदक ख. निरर्थक ग. आश्रिात घ. मुक्त

२१. नेपाली भाषामा व्यतिरेकी भएर प्रयोग हुने खण्डेतर वर्ण कुन हो ?
क. बलाघात ख सुर ग. तान घ. आनुनासिकता

२२. नेपाली भाषामा व्यतिरेकी भएर प्रयोग हुने खण्डेतर वर्ण कुन हो ?
क. व् ख. उ् ग. ँ घ. प्

२३. अग्र अगोलत स्वरवर्ण कुन हो ?
क. इ ख. अ ग. आ घ. ओ

२४.गोलित स्वरवर्ण कुन कुन हुन् ?
क. इ र उ ख. अ र ओ ग. आ र ओ घ. उ र ओ

२५. सीताकी दिदी माइत गई । यो वाक्यमा दिदी के को भूमिकामा प्रयोग भएको छ ?
क. कर्ता ख. कर्म ग. पूरक घ. भेद्य

२६. तँ, तिमी, तपाइँ, हजुर आदि कुन पुरुषअन्तर्गत पर्दछन् ?
क. प्रथम पुरुष ख. द्वितीय पुरुष ग. तृतीय पुरुष घ. अन्य पुरुष

२७. आफ्नो स्वतन्त्र अर्थ नभएका तर वाक्यमा प्रयोग भई चनाईलाई प्रभावकारी बनाउने पदलाई के भनिन्छ ?
क. नाम ख. सर्वनाम ग. विशेषण घ. निपात

२८. पूर्ण द्वित्वबाट बनेको शब्द कुन हो ?
क. आनीबानी ख. दालसाल ग. योयो घ. लुटलाट

२९. अनुच्छेदको आदि भागमा कुन वाक्य रहेको हुन्छ ?
क. शीर्ष ख. सहयोगी ग. सारांशीकृत घ. पहिलो

३०. अघोस् व्यञ्जन वर्ण कुन होइन ?
क. क् ख. च् ग. प् घ. ग्

३१. अनुच्छेदको मध्य भागमा कस्ता वाक्यहरु रहेको हुन्छन् ?
क. शीर्ष ख. सहयोगी ग.सारांशीकृत घ. पहिलो

३२. अनुच्छेदको अन्त्य भागमा कुन वाक्य रहेको हुन्छ ?

क. क. शीर्ष ख. सहयोगी ग.सारांशीकृत घ. पहिलो

३३. नयाँ वर्ष, तीज,दशैँ,तिहार,छठ आदि चाडपर्वमा प्रदान गरिने शुभकामनालाई के भनिन्छ ?
क. व्यक्तिगत शुभकामना ख. सार्वजनिक शुभकामना
ग. समवेदना घ. निमन्त्रणा

३४. लिखित अभिव्यक्तिको विशेषता कुन हो ?
क. ध्वन्यात्मक सङ्केतको प्रयोग ख. वक्ता र श्रोताको संवाद
ग. स्थान र कालगत सीमाङ्कन घ. ज्ञान र सिपको पुस्तान्तरण

३५. निबन्ध रचनालाई कुन दर्जामा राख्न सकिन्छ ?
क. सामान्य लेखन ख. प्राज्ञिक लेखन ग. सिर्जनात्मक लेखन घ.
बौद्धिक लेखन

३६. रस, छन्द, अलङ्कार , विम्ब, प्रतीकको प्रयोग हुने लेखन कुनअन्तर्गत पर्दछ ?
क. व्यवहारिक लेखन ख. सिर्जनात्मक लेखन ग. बौद्धिक लेखन घ. प्रयोजनपरक लेखन

३७. निबन्ध लेखनमा सबैभन्दा पहिला के गर्नु उपयुक्त हुन्छ ?
क. शीर्षक चयन ख. बुँदा टिपोट ग. क्रम निर्धारण घ. खेस्रो लेखन

३८. संवादमा भाषेतर क्रियाकलापलाई कहाँ संयोजन गर्नुपर्दछ ?
क. सिङ्गो संवादभित्र ख. कोष्टकभित्र ग. संवादको अन्त्यमा घ. संवादको अग्रभागमा

३९. अनुच्छेदको समग्र भाग कहाँ रहेको हुन्छ ?
क. शीर्ष वाक्यमा ख. सहयागी वाक्य ग. सारांशीकृत वाक्य घ. अन्य वाक्य

४०. घोस् व्यञ्जन वर्ण कुन होइन ?
क. त् ख. थ् ग. स् घ. ग्

वि.सं.२०७६ साउन २० सोमवार ०७:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

महानगरभित्रका विद्यालयमा बिहान १० : ३० भित्रै पठनपाठन सक्नुपर्ने

महानगरभित्रका विद्यालयमा बिहान १० : ३० भित्रै पठनपाठन सक्नुपर्ने

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३०...

पालिकाद्वारा शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध

पालिकाद्वारा शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध

फिक्कल (इलाम) । इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण...

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई खानेपानी पूर्वाधार हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई खानेपानी पूर्वाधार हस्तान्तरण

  काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत...

उपमहानगर क्षेत्रका विद्यालय बन्द

उपमहानगर क्षेत्रका विद्यालय बन्द

दाङ । अत्यधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिका नगर क्षेत्रका विद्यालय...

२५ जना सहसचिव र प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ परे ?

२५ जना सहसचिव र प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ परे ?

काठमाडौँ । गृह मन्त्रालय मातहतका २५ जना सहसचिव तथा प्रमुख...