back
CTIZAN AD

यान्त्रिक कुचो सञ्चालनमा ल्याउने तयारी – कामपा

वि.सं.२०७६ साउन २१ मंगलवार

738 

shares

२१ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा काम गर्ने कर्मचारीको सङ्ख्या घटाउने भएको छ । यान्त्रिक कुचो (बुरमर) को प्रयोग बढाउने र फोहर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता बढाएर फोहरका कर्मचारी घटाउने लक्ष्य लिइएको हो ।

महानगरको काम नीति बनाउने भए पनि सधैँ फोहरमैला व्यवस्थापनमा नै रुमलिएको भन्दै निजी क्षेत्रको सहभागिता बढाउने योजना बनाइएको कामपाले जनाएको छ । अहिले कामपामा झण्डै २५ संस्थाले फोहरमैला सङ्कलनको काम गरिरहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए। यी संस्था कामपामा दर्ता भने नभएको उनको भनाइ छ । उनले भने, “यी संस्थालाई दर्ता गरेर प्रक्रियामा ल्याई फोहरको जिम्मेवारी दिने योजना छ ।”

कामपामा अहिले झण्डै एक हजार दुई सय कुचिकार रहेकामा घटाउँदै जाने योजना रहेको प्रवक्ता डङ्गोलले बताए । फोहरमैला सङ्कलनकै लागि नयाँ कर्मचारी नथप्ने कामपाको योजना रहेको जनाइएको छ । त्यसो त पहिलेभन्दा अहिले फोहरमैलामा काम गर्न चाहनेको सङ्ख्या घटिरहेको उनले बताए। उनले भने, “अरू काममा आकर्षण भए पनि फोहरमैलामा काम गर्न चाहनेको सङ्ख्या घट्दै गइरहेको छ ।”

निजी घरबाट पैसा लिएर फोहर सङ्कलन गर्दै आएका संस्थाको कामपासँग समन्वय र सहकार्य बढाउन दर्ता प्रक्रियामा लान लागिएको कामपा, वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए । अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको उनको भनाइ छ ।

अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिप्पर फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन् । उनीहरुले त्यसरी विसर्जन गरेको फोहरबापत काठमाडौँ महानगरपालिकालाई प्रतिटिप्परको रु ३५० बुझाउने गरेका छन् । उनीहरुले दिने सेवा र लिने शुल्कमा एकरुपता ल्याउनका लागि पनि सूचीकृत गर्न लागिएको उनले बताए। उनले भने, “हामी छिट्टै नै निजी संस्थालाई सूचीकृत गर्न शुरु गर्नेछौँ ।”

महानगरपालिकाका ३२ वडामध्ये अहिले आठ वडामा महानगरपालिका आफैँले र २४ वटा वडामा निजी संस्थाले फोहर सङ्कलन गर्दै आएका छन् । कतिपय संस्थाले फोहरको वर्गीकरणसमेत शुरु गरेका छन् भने कामपा आफैँले पनि फोहर वर्गीकरणका लागि विभिन्न कार्यक्रम शुरु गरेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

कामपाले कुहिने र नकुहिने फोहर फरकफरक गाडीमा सङ्कलन गर्ने योजना बनाएको छ । निजी संस्थाको स्थानीयवासीसँग सहकार्य भए पनि कामपासँग समन्वय नभएको उनले बताए । उनले भने, “फोहरको दीर्घकालीन व्यवस्थापनका लागि वर्गीकरण मात्रै विकल्प भएकाले त्यसमा पनि उनीहरुसँग मिलेर काम गरिनेछ ।”

अहिले आफैँले इटलीबाट खरीद गरेका पाँच यान्त्रिक कुचो सञ्चालन गरिरहेकामा छिट्टै थप दुई यान्त्रिक कुचो पनि सञ्चालनमा ल्याउने तयारी गरेको कामपाले जनाएको छ । नयाँ यान्त्रिक कुचो सञ्चालनमा आएसँगै यहाँको यान्त्रिक कुचोले सफा गर्दै आएको मार्ग विस्तार हुने श्रेष्ठले बताए । यान्त्रिक कुचोमा रहेका चार वटा ब्रसले सफाइ गर्दै जाँदा कुचो लिएर सडक बढार्ने जनशक्ति कम चाहिने प्रवक्ता डङ्गोलले बताए । उनले भने, “फोहरमा जनशक्ति र लगानी दुवै कम गर्ने हामीले लक्ष्य लिएका छौँ ।”

कामपाले दैनिक ३५० मेट्रिक टन फोहर आफैँ सङ्कन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिए । सो कार्यका लागि कामपासँग आफ्नै २१ टिप्पर छन् । काठमाडौँ उपत्यकाका १८ पालिकाले सिसडोलमा फोहर विसर्जन गर्दै आएका छन् । बढ्दो शहरीकरणसँगै उपत्यकामा उत्पादन हुने फोहरको परिमाण बढिरहेको छ । सरकारले फोहर विसर्जनका लागि नुवाकोट जिल्लाकै बञ्चरे डाँडामा ल्याण्डफिल साइट निर्माण शुरु गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले बञ्चरेडाँडामा विभिन्न पूर्वाधारसहित निर्माण शुरु गरेको हो । (रासस)

वि.सं.२०७६ साउन २१ मंगलवार १५:५७ मा प्रकाशित

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

काठमाडौँ । सांसदहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन...

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगन भएको छ...

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको...