back
CTIZAN AD

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

वि.सं.२०८३ वैशाख ३० बुधवार

117 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् ।

खेतीको मौसम सुरु हुन लागेकाले तत्काल रासायनिक मल उपलब्ध गराउन, कृषिलाई थप जिम्मेवार र व्यावसायिक बन्ने वातावरण बनाउन उनीहरुले माग गरेका हुन् ।

सांसद विक्रम खनालले खेतीको मौसम सुरु भए पनि रासायनिक मल प्राप्त हुन नसकेको र मल खरिदका लागि साहुसँग ब्याजमा ऋण लिनुपरेको बताऐ । उनले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद सुनिल केसीले समयमै आवश्यक मात्रामा किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गरे ।

सांसद शम्भुप्रसाद ढकालले गरिब नेपाली किसानले लगाएको केरा बिक्रीका लागि वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले सीमापारिबाट सामान ल्याउनेभन्दा पनि नेपाली उत्पादन नै उपभोग गर्नुुपर्ने बताए ।

सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको सुर्खेतको बाङ्गेसिमलदेखि जुम्ला खलङ्गासम्मको यात्रालाई सुरक्षित बनाउन माग गरिन् । यो सडकमा बढ्दो सवारी दुर्घटनामा भएको मानवीय क्षति घटाउनुपर्ने उनको सुझाव थियो ।

सांसद लिमा अधिकारी आचार्यले ग्रामीण क्षेत्रहरु क्रमशः रित्तिदै गएकाले नेपालको सौन्दर्यलाई उपयोग गर्दै पर्यटकलाई भित्र्याएर काम गर्ने वातावरण बनाउन आग्रह गरिन् ।

सांसद लेखजङ्ग थापाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भए पनि हालसम्म प्रभावकारी रुपमा सञ्चालनमा आउन नसक्दा लगानी खेर गएको दुखेसो गरे ।

सांसद विष्णुमाया विकले अन्तरजातीय विवाहका कारण सिन्धुलीका एक दलित युवकको निधन भएको घटनाप्रति सदनको ध्यानाकर्षण गराए ।

सांसद शिवशङ्कर यादवले छोटी भन्सार बन्द हुँदा तराई मधेसका जिल्लामा समस्या भएको बताए ।

सांसद श्रद्धा कुँवर क्षेत्रीले डिजिटल प्लेटफर्मलाई सरकारले विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा समावेश गरेकामा धन्यवाद दिए ।

सांसद श्रीधर पोखरेलले बर्दियामा वन्यजन्तुको आक्रमणका कारण नागरिकले अकालमा ज्यान गुमाउनुपरेको पीडा सुनाए ।

सांसद सन्दीप रानाले वर्षायाम सुरु भएकाले पाल्पाको सडक पूर्वाधारमा समस्या हुने भएकाले तत्काल पूर्वतयारीको काम थाल्न आग्रह गरे ।

सांसद समीना मियाँले स्वास्थ्य क्षेत्रको प्रमुख जनशक्तिका रुपमा रहेका नर्सलाई न्यूनतम पारिश्रमिक व्यवस्था गर्न र सुरक्षाको प्रबन्ध गर्न माग गरिन् ।

सांसद समीक्षा बाँस्कोटाले काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा सूचीको जगर्नो गर्न माग गरिन् ।

सांसद सरस्वती लामाले धादिङ–सोम्ताङ सडक निर्माण सुरु भएको लामो समय भए पनि हालसम्म प्रभावकारी निर्माण हुन नसकेकामा गुनासो गरिन् ।

सांसद सरिता महतोले अटिजम भएका बालबालिकालाई देशभित्रै सहज रुपमा परीक्षणको प्रबन्ध गर्न माग गरिन् ।

सांसद साजिता खातुन सिद्धिकीले २४ घण्टाको सूचना दिएर सुकुमवासी बस्ती खाली गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समस्यामा परेका बताईन् ।

सांसद सीताराम साहले तराई मधेसमा खानेपानीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद सिर्जना श्रेष्ठले राज्यलाई कर तिर्ने र रोजगारी उपलब्ध गराउने निजी क्षेत्र क्रमशः हतोत्साही बन्दै गएकाले तत्काल लगानीमैत्री वातावरण बनाउन माग गरिन् ।

सांसद सीता थपलियाले शिक्षा विधेयकलाई तत्काल अगाडि बढाउन माग गरिन् ।

सांसद सुनिता कुमारी चौधरीले निषाद समुदाय राजनीतिक, सामाजिक, आर्थिक अवस्था कमजोर अवस्थामा रहेकाले उनीहरुलाई जनजाति समुदायमा सूचीकृत गर्न माग गरिन् ।

सांसद सुरेशकुमार चौधरीले बाँके जिल्ला सुगम मानिए पनि विभिन्न स्थानमा विकासका कुनै पनि पूर्वाधार छैन भने ।

सांसद सुशान्त बैदिकले सुशासन र समृद्धिका लागि जेनजीले दिएको बलिदानको स्मरण गरे । उनले प्राकृतिक र मानव सिर्जित विपद्को रोकथामका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद सुशीलकुमार कानुले वीरगञ्जमा व्यापार व्यवसाय प्रभावकारी हुन नसकेको र जनताको गुनासो सम्बोधन हुन नसकेको बताए ।

सांसद सुशील खड्काले नेपालमा शालिग्राम पाइने एकमात्र नदी कालगण्डकीको अत्यधिक दोहन भइरहेकाले तत्काल त्यो नियन्त्रणको माग गरे ।

सांसद सुशीला ढकाल आचार्यले सुकुमवासी बस्तीमा डोजर चल्दा सयौँका सपना चकनाचुर भएका गुनासो गरे ।

सांसद सुहाङ नेम्बाङले नेपालमा चियाखेतीको इतिहास लामो भए पनि चिया निर्यात पछिल्ला दिनमा ठप्प भएकाले तत्काल समस्या समाधानका लागि आग्रह गरे ।

सांसद सृष्टि भट्टराईले जेनजी आन्दोलमा सहभागी भएकै आधारमा अझैसम्म पनि गलत तरिकाले पक्राउ गरी दुःख दिने काम भइरहेको बताए ।

सांसद स्मृति सेञ्चुरीले लामो समयदेखि म्याग्नेसाइट उद्योग अलपत्र परेको गुनासो गरिन् ।

यसैगरी, सांसदहरु सुम्निमा उदास, हरिमोहन भण्डारी, हरिप्रसाद भुसाल, ज्ञानु पौडेल, ज्ञानेन्द्रसिंह मेहता, क्षितिज थेवेले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।

वि.सं.२०८३ वैशाख ३० बुधवार १४:३७ मा प्रकाशित

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

काठमाडौँ । सांसदहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन...

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगन भएको छ...

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको...

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले संसदीय मर्यादा पालना गरेमात्र संसद्को गरिमा...

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित...