back
CTIZAN AD

एउटा यस्तो देश, जहाँ जेलमा राख्नुपर्ने एउटा पनि अपराधि छैन

वि.सं.२०७६ साउन २२ बुधवार

1.1K 

shares

२२ साउन, काठमाण्डौं । संसारको एउटा युरोपेली देश यस्तो पनि छ जहाँ अब एकजना पनि त्यस्ता अपराधी छैनन् जसलाई जेलमा राख्न सकियोस् । त्यो मुलुक हो नेदरल्याण्ड ।

सन् २०१३ मा त्यहाँ १९ कैदीमात्र थिए । कुनै समय नेदरल्याण्ड आफ्नो सुविधा र व्यवस्था चलाउनका लागि नर्वेबाट कैदी समेत मगाएका थियो । सन् २०१८ सम्म आइपुग्दा यो देशमा जेलमा राख्नुपर्ने कुनै अपराधी बचेका थिएनन् । घट्दो आपराधिक क्रियाकलापले गर्दा त्यहाँका जेल बन्द हुने स्थितीमा पुगेका हुन् । नेदरल्याण्डको जनसंख्या एक करोड ७१ लाख ३२ हजार छ । सायद स्वर्ग भन्ने ठाउँ यही पो हो कि जहाँ कुनै अपराधको गुञ्जायस नै समाप्त भै सकेको छ ।

यद्यपी जेल बन्द हुनुको मुख्य कारण भनेको नेदरल्याण्ड एक देश, एक प्रणाली, एक सरकार र असल नागरिकको रुपमा सफल मुलुक भएर नै हो । नेदरल्याण्ड सामाजिक दृष्टिकोणले हेर्ने हो भने घट्दो अपराध दर भएको अर्थात् सुरक्षित देश हो ।

नेदरल्याण्डमा कैदीका लागि इलेक्ट्रोनिक एंकल मोनिटरिङ सिस्टम अपनाइएको थियो । यो सिस्टममा उनीहरुको खुट्टामा एउटा यस्तो डिभाइस लगाइन्थ्यो जसमार्फत् उनीहरुको लोकेशन ट्रेस गर्न सकिन्थ्यो । यो डिभाइसले एउटा रेडियो फ्रिक्वेन्सी सिग्नल पठाउँछ जसमा अपराधीको स्थान पत्ता लगाउन सकिन्छ । यदि कोही अपराधी कुनै निश्चित सीमाभन्दा बाहिर गएभने पुलिसले सूचना पाउँन सहज हुन्छ ।

नेदरल्याण्डको जेल बन्द हुनुको अर्थ त्यहाँ लगभग दुई हजार मानिसहरुले जागिर गुमाउने अवस्था आएको छ । जसमा सात सयजतिलाई सरकारको तर्फबाट उपलब्ध गराइएको अन्य स्थानमा सरुवा गरिनेछ । यद्यपी, जेल बन्द हुनुको अर्थ यो पनि हो कि नेदरल्याण्ड एक देश, एक प्रणाली, एक सरकार र नागरिकको रुपमा सफल भएको छ ।


न्यायाधिश टेकनारायण कुँवरको फेसबुक वालबाट लिइएको ।

वि.सं.२०७६ साउन २२ बुधवार ०७:३४ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...