२२ साउन , काठमाडौँ । अपराध गरेवापत सजाय भुक्तान गर्ने ठाउँ अर्थात कारागार पछिल्लो समय अपराध सिक्ने थलोका रुपमा विकसित हुँदै गएको छ ।
जुनसुकै प्रकृतिका अपराधमा संलगन भए पनि अपराध कर्म गरेबापत सजाय तोकिएका कैदीलाई राख्ने थलो एकै हुँदा अपराध कर्मबाट छुट्नेतर्फ भन्दा पनि नयाँ प्रकृतिका अपराध सिक्ने ट्रेन्ड बढ्दो रहेको पाइएको छ ।
तर, कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले भने कारागारमा राख्नु भनेको अपराध कर्ममा लागेकालाई सुधारतर्फ उन्मुख गराउन् रहेको बताए । उनले अपराधीको प्रवृत्ति हेरेर कस्तालाई कहाँ राख्ने भन्नेबारे भने कुनै वर्गीकरणको व्यवस्था नभएको जानकरी दिए ।
‘थुनुवा र कैदी मात्रै कहाँ राख्ने भनेर छुट्याइन्छ तर कुन प्रकारका अपराधमा संलग्नलाई कहाँ राख्ने भन्ने वर्गीकरणको व्यवस्था छैन,’ कारागार व्यवस्थापन विभागका निर्देशक मैनालीले भने । तर, प्रहरी भने अपराधीको प्रकृतिअनुसार कैदी राख्ने स्थानको वर्गीकरण हुन नसक्दा एक प्रकारको अपराधमा कैद भुक्तान गरिरहेको व्यक्ति सजाय भुक्तान गरेर निस्कँदा अर्काे प्रकृतिको अपराधमा ट्रेन्ड बन्ने गरेको बताउँछन् । बुधबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ साउन २२ बुधवार ०७:४८ मा प्रकाशित




























