back
CTIZAN AD

वेस्ट इन्जिडविरुद्ध भारतले गर्यो क्लिनस्वीप

वि.सं.२०७६ साउन २२ बुधवार

732 

shares

२२ साउन, काठमाडौं । भारतले घरेलु टोलि वेस्ट ईन्डिजसँगको ३ खेलको टी–२० क्रिकेट सिरिज(T-20 Cricket Series) मा क्लिनस्वीप गरेको छ । तीन खेलको सिरिजमा भारतले ३–० को जितसहित क्लिनस्वीप गरेको हो । मंगलबार राति भएको भएको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिज ७ विकेटले पराजित भएको थियो ।

१ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । भारतको जितमा युवा विकेटकीपर ऋषभ पन्तले ४२ बलमा समान ४ चौका र छक्का सहित ६५ रनमा अविजित रहँदै टोलीको जित पक्का गरे । ऋषभ पन्तले ४२ बलमा नटआउट ६५ रन बनाए । त्यस्तै कप्तान विराट कोहली ४५ बलमा ६ चौका सहित ५९ रनमा आउट भए । ओपनर केएल राहुल २०,शिखर धवन ३ रनमा आउट हुँदा मनिष पाण्डे २ रनमा अविजित रहे । भारतका दीपक चाहरले सर्वाधिक ३ विकेट तथा नवदिप सैनीले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको वेस्ट इन्डिजले ६ विकेटको नोक्सानीमा १४६ रन बनाएको थियो । किरोन पोलार्डले ४५ बलमा ६ छक्का र १ चौकासहित ५८ रन बनाएका थिए । रोभमन पोवेलले २० बलमा नटआउट ३२ रन बनाएका थिए । वेस्ट इन्डिजका लागि ओशन थोमसले २ विकेट लिए ।

भारतले पहिलो खेल ४ विकेट र दोस्रो खेल डकवर्थ लेविस पद्धतीको आधारमा २२ रनले जितेको थियो । भारतले वेस्ट इन्डिजसँग थप तीन एक दिवसीय र दुई टेष्ट सिरिज खेल्नेछ । पहिलो वान डे खेल बिहीबार हुनेछ ।

भारतले सन् २०११ पछि पहिलो पटक वेस्ट ईन्डिजलाई उसको भूमिमा हराएको हो । भारतले टी–२० मा विदेशमा दोस्रो पटक ३–० ले जितेको छ ।

वि.सं.२०७६ साउन २२ बुधवार १२:५९ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...