back
CTIZAN AD

आलु खेतीलाई अनुदान

वि.सं.२०७६ साउन २३ बिहीवार

774 

shares


२३ साउन, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन गाउँपालिकाले कृषकलाई आलुको बीउमा पचास प्रतिशत अनुदान दिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आलुमा आत्मनिर्भर बनाउन गत वर्ष पनि कृषकलाई बीउ खरीदमा अनुदान दिइएकोमा उक्त अनुदान रकमलाई चालू आव ०७६÷७७ मा पनि निरन्तरता दिइएको जानकारी दिइन् । आलुखेतीका लागि कृषकलाई अनुदान वितरण गर्न गाउँपालिकाले यो वर्ष रु पाँच लाख विनियोजन गरेको रानाले जानकारी दिइन्।

“आलुमा आत्मनिर्भर बनाउन कृषकलाई सहयोग गर्ने नीति लिइएको छ”, उनले, “आगामी तीन वर्षभित्र गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने लक्ष्य छ ।” अध्यक्ष रानाका अनुसार चिस्यानकेन्द्र नहुँदा आलुको बीउ जोगाइरहन समस्या भएकाले चालू आवमा नै चिस्यानकेन्द्र निर्माण गरिनेछ । चिस्यान केन्द्र निर्माणका लागि प्रदेश सरकारसँग साझेदारी गरिने उनले जानकारी दिइन् ।

एउटा सहकारी र पाँच वटा समूहले सामूहिकरुपमा आलुखेती गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख भविलाल रानाभाटले जानकारी दिए। त्यसका अतिरिक्त व्यक्तिगतरुपमा आलुखेती गर्ने कृषक पनि रहेको उनले भने। उनका अनुसार गाउँपालिकामा आलुखेती गर्ने कृषकको सङ्ख्या १९० रहेको छ । गत वर्ष १७।५ मेट्रिक टन आलु उत्पादन भएको थियो ।

गाउँपालिकाको साँगे, रानीटारी, थर्पु, पयर, धयँरे, छाङपाटन, पिपलडिहीलगायतका क्षेत्रमा सामूहिक आलुखेती भइरहेको छ । यो वर्ष आलुखेतीका लागि पोखरास्थित चिस्यानकेन्द्रमा १२ टन आलुको बीउ राखिएको छ । “कृषकले आफूले चाहेको बेला चिस्यानकेन्द्रबाट बीउ ल्याएर खेती गर्न सकून् भनेर बीउ राख्ने व्यवस्था मिलाइएको छ”, उनले भने, “चिस्यानकेन्द्रमा बीउ राख्न र ल्याउन ढुवानी भाडाको व्यवस्था गाउँपालिकाले मिलाएको छ ।”

गाउँपालिकाले आलुखेतीका लागि अनुदान दिन शुरु गरेपछि आलुखेती गर्ने कृषकको सङ्ख्या बढ्दै गएको छ । यो वर्ष पनि आलुखेती गर्ने कृषक बढ्ने गाउँपालिकाको अनुमान छ । “गाउँपालिकाले आलुखेतीका लागि अनुदानको व्यवस्था गरेपछि यहाँका कृषक आलुखेतीतर्फ आकर्षित भएका छन्”, रानाभाटले भने, “विगतमा धान, मकै, गहुँजस्ता अन्नबाली लगाइने ठूला फाँटमा कृषकले अहिले सामूहिकरुपमा आलुखेती गरेका छन् ।”

म्याग्दे गाउँपालिका–७ का गोवद्र्धन काफ्लेले गाउँपालिकाले कृषकलाई समूहमा आबद्ध बनाई अनुदानमा बीउबिजन, प्रविधि, विषादीको वितरण तथा उत्पादित कृषि उपजको बजारीकरणको व्यवस्था गरेपछि सामूहिक आलुखेतीतर्फ कृषक आकर्षित भएको जानकारी दिए ।

स्थानीयवासी लक्ष्मी भण्डारीका अनुसार विगतका वर्षमा व्यक्तिगतरुपले निर्वाहमुखीमात्र आलुखेती गर्दै आएकोमा गत वर्षदेखि गाउँपालिकाले आलुखेतीमा अनुदान दिन थालेपछि समूह बनाएर खेती शुरु गरिएको छ ।

गाउँपालिकाले सहकारी खेती, साना सिँचाइ तथा मल बीउ ढुवानी कार्यक्रम सञ्चालनका लागि पनि बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले जानकारी दिए । उनका अनुसार च्याउखेती प्रवद्र्धन कार्यक्रम, मौरीसहित घार वितरण, प्राङ्गारिक मलमा अनुदान, धान बीउ वितरण, मकै बीउ वितरणलगायतका कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरिएको छ । (रासस)

वि.सं.२०७६ साउन २३ बिहीवार १४:१४ मा प्रकाशित

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ...

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब...

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु

म्याग्दी । बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको...

सत्कारले लोभिन्छन् घरबासका पाहुना

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट ९बागलुङ० ।सत्कारले लोभिन्छन् घरबासका पाहुना। साँझमा घरधन्दा सकेका घरबास...