back
CTIZAN AD

सामुदायिक वनमा पार्क निर्माण

वि.सं.२०७६ साउन २३ बिहीवार

1.5K 

shares


२३ साउन, स्याङ्जा । घ्वाङखोला सामुदायिक वनमा उड्डयन पार्क निर्माण गरिएको छ ।

वालिङ नगरपालिका–८ र १० मा पर्ने घ्वाङखोला सामुदायिक वनमा डिभिजन वन कार्यालय स्याङ्जाको सहयोगमा पार्क निर्माण गरिएको हो । पार्क निर्माण भएसँगै वालिङ बजारवासीका लागि बजारको कोलाहलबाट शान्त ठाउँमा गएर केही समय आराम गर्ने र घुमघाम गरेर केही समय बिताउने स्थलका रुपमा सो वन विकास हुँदै गएको छ ।

डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले वातावरणको संरक्षणका साथै सामुदायिक वनलाई दिगो आम्दानीको स्रोतका रुपमा विकास गर्ने उद्देश्यले मिनी जू निर्माण गर्ने योजनामा कार्यालय रहेको बताए।

वालिङ नगरपालिका–१० का वडाध्यक्ष अनन्तराज गैह्रेले सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले यहाँ विभिन्न प्रकारका संरचनाहरु निर्माण गरिएको बताए । नगरपालिकाभित्र बजार क्षेत्रको नजीकै घुमेर केही समय बिताउने ठाउँ नभएकाले बजारदेखि नजीकै रहेको सामुदायिक वनलाई पार्कसँगै पर्यटकीयस्थलका रुपमा विकास गर्न लागेको जानकारी दिए ।

सब डिभिजन वन कार्यालय वालिङका सहायक वन अधिकृत हेमलाल न्यौपानेले १३० हेक्टर जमीनमा फैलिएको घ्वाङखोला सामुदायिक वनमा शहरी वन प्रवद्र्धन तथा उड्डयन पार्क निर्माण गर्नका लागि कार्यालयले रु १५ लाख उपलब्ध गराएको जानकारी दिए। सो सामुदायिक वनमा निर्माण गरिएको पार्कमा भगवानका मूर्ति, बालबालिकाका लागि झुला, पुल, पोखरी, वनभोजस्थल लगायतका विभिन्न मनोरञ्जन साधनहरुसमेत निर्माण गरएको छ ।

पार्क निर्माण भएसँगै विभिन्न समयमा घुम्न जानेका साथै साथीसँगी मिलेर वनभोज खान जानेको समेत सो स्थानमा भीड लाग्ने गरेको छ । गर्मी बढेसँगै गर्मी छल्न र मनोरञ्जन लिन जानेको सङ्ख्यासमेत दिन प्रतिदिन बढ्दै गएको छ । (रासस)

वि.सं.२०७६ साउन २३ बिहीवार १४:०३ मा प्रकाशित

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...