back
CTIZAN AD

वडा सचिव रिजालसहित दुईजना उपर मुद्दा दायर

वि.सं.२०७६ साउन २४ शुक्रवार

1K 

shares

२४ साउन, काठमाडौँ । दैैलेखका वडा सचिव गणेश प्रसाद रिजालसहित दुईजना माथि मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नम्बर ३ का सचिव गणेश प्रसाद रिजाल र कुलबहादुर शाही विरुद्ध मुद्दा दायर गरेको हो ।

सशस्त्र द्वन्द्धको समयमा बेपत्ता तथा ज्यान गुमाएकाको परिवार तथा द्वन्द्ध पीडितलाई राहतस्वरुप उपलब्ध गराएको रकममा एउटै व्यक्तिको फरक फरक नामबाट सिफारिस बनाई मृतक र बेपत्तासमेत भनी राज्यको दोहोरो राहत रकम उपयोग गरेको आरोपमा द्वय रिजाल र शाही विरुद्ध मुद्दा दायर गरिएको हो ।

सचिव रिजाल र मृतकका बाबु कुलबहादुर शाही मिलेर उक्त रकम हिनामिना तथा दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा आयोगले अनुसन्धान गरी दैलेखका वडा सचिव रिजाल र बुवा शाही बिरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।

उनीहरुले आफ्नो पदको दुरुपयोग गरी एउटै ब्यक्तिको मृत्युलाई दुईवटा हुन् भनी दोहोरो राहत रकम १० लाख रुपैयाँ हिनामिना गरेर भष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

वि.सं.२०७६ साउन २४ शुक्रवार १४:२८ मा प्रकाशित

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

रुकुम पूर्वमा संयोजक दाहाल अगाडि

रुकुम पूर्वमा संयोजक दाहाल अगाडि

रुकुम पूर्व । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँको एकमात्र...

मुगुमा किरियापुत्रीले गरे मतदान

मुगुमा किरियापुत्रीले गरे मतदान

मुगु । छायानाथ रारा नगरपालिका–१ स्थित मीन माध्यमिक विद्यालयमा रहेको...

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख...

धार्मिक पर्यटनको गन्तव्य त्रिवेणीधाम

धार्मिक पर्यटनको गन्तव्य त्रिवेणीधाम

जुम्ला । जुम्लाको तिला गाउँपालिका–४ स्थित त्रिवेणी क्षेत्र धार्मिक पर्यटनको...