back
CTIZAN AD

लागूऔषधसहित मेजर पक्राउ

वि.सं.२०७६ साउन २६ आइतवार

645 

shares

२६ साउन, मोरङ । नेपाली सेनाको पूर्वी पृतनालय इटहरीमा कार्यरत सेनानी अजितप्रताप सिंह लागूऔषधसहित पक्राउ परेका छन् ।

प्रहरीले उनलाई शनिबार इटहरी –२ बाट ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यलय इटहरीका डीएसपी समीरचन्द्र खरेलले सिंहको साथबाट डेढ ग्राम ब्राउनसुगर बरामद भएको जानकारी दिए ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले लागूऔषधसहित पक्राउ परेका सैन्य अधिकारीलाई पद घटुवादेखि बर्खास्तसम्मको कारबाही हुने बताए । पाण्डेका अनुसार पृतनाले मेजर सिंहलाई ब्यारेकमै थुनामा राखी कोर्ट अफ इन्क्वायरी गर्छ ।

दोषी ठहरिए कानुन विभागमा कारबाहीका लागि सिफारिस गर्छ । विभागले कोर्ट अफ इन्क्वायरीको प्रतिवेदन अध्ययन गरी कारबाही गर्नुपर्ने देखिए प्रधानसेनापतिलाई जाहेर गर्छ । त्यसपछि प्रधानसेनापतिले समरी सैनिक अदालत गठन गर्छन् । आइतबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ साउन २६ आइतवार ०७:३२ मा प्रकाशित

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...