२६ साउन, पेरिस । ब्राजिली स्टार नेयमरका लागि भइरहेको सरुवा वार्ता यसअघिभन्दा राम्रो गतिमा अगाडि बढेको फेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जनाएको छ ।
फे्रन्च च्याम्पियन पीएसजीले आइतबार हुने लिग १ मा निम्ससँगको आफ्नो पहिलो खेलमा टोलीमा नराखेपछि नेयमरको सरुवा चर्चा पुनः अगाडि बढेको हो ।
पीएसजीका खेलकुद निर्देशक लियोनार्दीले सञ्चारमाध्यमसामु नेयमरले क्लब छाड्न लागेको पुष्टि गरे । तर उनले निम्ससँगको खेलअघि सरुवा विषयमा छलफल गर्न अनुमति नदिएको जनाए । नेयमर शनिबार पनि पीएसजीको अभ्यासमा थिएनन् ।
पीएसजीका प्रशिक्षक थोमस टुचेलले प्रशिक्षणमा नआएकोले नेयमरले आइतबारको खेल खेल्ने सम्भावना नरहेको जनाए । नेयमरको सरुवा प्रकरण दुवै पक्षबाट निचोडमा पुराउन क्लब आतुर रहेको छ ।
‘हाम्रो भविष्य सबैलाई सुरक्षित गराउन महत्वपूर्ण हुन्छ,’ ब्राजिलियन लियोनार्देले पत्रकार सम्मेलनमा भने, ‘यदि जान्छन् भने जान सक्छन् । यसलाई जतिसक्दो चाँडो निर्णयमा पुर्याउनुपर्नेछ । आइतबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ साउन २६ आइतवार ०८:०४ मा प्रकाशित






























