back
CTIZAN AD

युएईमा २० नेपाली अलपत्र, नेपाली संघसंस्थाले गरे खाद्यान्न सहयोग

वि.सं.२०७३ मंसिर ७ मंगलवार

1.2K 

shares

alyun-ma-alpatra

यूएईको अलऐनमा २०  नेपाली अलपत्र परेका छन् । काठमाडौंको पुरानो बानेश्वरमा रहेको डेस्टिनी म्यानेजमेन्ट सर्भिस म्यानपावर मार्फत प्रतिव्यक्ति झन्डै २ लाख ५० हजारदेखि ४ लाखसम्म तिरेर अलऐन पुगका  उनीहरु युएई आएर काम नपाएपछी अलपत्र  परेका हुन् ।  सुरक्षा गार्डको रुपमा ६ महिना अघि युएई आएका उनीहरु कम्पनीले काम नदिएका कारण समस्यामा परेका हुन् । उनीहरुको उद्दारका लागि दूतावासले नेपालबाट पठाएको मेनपावरलाई खबर गरिसकेको दुबईबाट कमल कार्कीले जानकारी दिएका छन् । उक्त मेनपावरमा सम्पर्क गर्न खोज्दा फोन उठेन ।

युएईमा रहेको इतिसलात फेसीलिटी म्यान्जेमेन्ट कम्पनीमा आएका उनीहरु काम नपाएर अलपत्र परेका हुन् । उनीहरुले महिनामा चार दिन बिदासहित दैनिक १२ घण्टा काम गरे बापत १७ सय ८२ धिराम्स अर्थात झन्डै साढे ५२ हजार तलब पाउने भनेर नेपालमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तर कम्पनीले चाँडै नै काम लगाउने भन्दै राखेर ६ महिनासम्म कुनै काम नदिएको बरु उल्टै नेपाल फर्काउने धम्की दिने गरेको अलपत्र परेकाले बताएका छन् ।

alyun-uae-sahyog

अलपत्र परेका उनीहरुले  खानका लागि पैसा नरहेको बताएपछि उनीहरुलाई एनआरएनए  अलएनका रमेश, गोर्खा सेवा समाजका अध्यक्ष बिनोद श्रेष्ठ ,वीर गोर्खाली राष्ट्रिय नेपाली एकताका बिमल, सर्मिला गुरुङ, पदम थापा लगायतले आलु चामल लगायतका खाद्यन्न सहयोग गरेका छन् ।

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०५:१७ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...