७ मङ्सिर , उर्लाबारी (मोरङ) । नेपाल विद्युुत् प्राधिकरणले मोरङमा विद्युुत् चोरी गर्नेलाई कारबाही गरी रु अढाई लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
प्राधिकरणको विराटनगर केन्द्रले विद्युत् चोरी नियन्त्रण अभियान तीव्र पारेको हो । सो अभियानअन्तर्गत गत साउनदेखि चार महिनायता विद्युुत् चोरी गर्ने ५१ जनालाई कारबाही गरेको छ । हुुकिङ गरेर मोटरबाट सिँचाइ गर्ने, घरमा बिजुलीको प्रयोग गर्ने तथा मिटरको सिल तोडेर बिजुली प्रयोग गर्नेलाई कारबाही गरेको कार्यालयका सहायक निर्देशक प्रकाश खरेलले बताउनुुभयो ।
विद्युत् चोरी गर्नेबाट रु दुई लाख ६१ हजार जरिवाना असुुल भएको पनि सहनिर्देशक खरेलले बताउनुुभयो । प्राधिकरणले प्रहरी प्रशासनको सहयोगमा हुुकिङ नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको जनाएको छ । रासस
वि.सं.२०७३ मंसिर ७ मंगलवार ०५:१० मा प्रकाशित