back
CTIZAN AD

महिला मजदुरकै भरमा चल्छन उद्योग

वि.सं.२०७३ मंसिर ७ मंगलवार

1.1K 

shares

गोपालप्रसाद पोखरेल, ७ मङ्सिर, पथरी, मोरङ। गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योग गाउँ जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्ततः गर्नसक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारको रुपमा प्रयोग गर्न उत्साहित गरेको छ ।

महिला पनि घरमै त्यसै बस्नुभन्दा दैनिक ४०० रुपैयाँसम्म आम्दानी हुने काममा लाग्न थालेका छन् । अहिले करिडोरका १०० भन्दा बढी ठूला उद्योगमा १५ हजारभन्दा बढी महिला कामदार नियमितरुपमा काम गरिरहेका छन् । “महिला कामदारका लागि हामीले बसबाट ल्याउने र पु¥याउनेसमेत गरेका छौँ”, अरिहन्त जुट मिल्सका गोविन्द बजगाईंले भन्नुभयो ।

दुहबी–४ सुनसरीकी सरस्वती चौधरी क्वालिटी बिस्कुट उद्योग, दुहबीमा काम गर्नुहुन्छ । उहाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतार गएको तीन वर्ष भयो । छोराछोरीलाई बिहानै खाना खुवाएर चौधरी उद्योगमा काम गर्न जानुहुन्छ । उद्योगमा कामगर्ने बहुसङ्ख्यक महिलाका श्रीमान् विदेशमा छन् । पुरुष विदेश गएपछि उद्योगमा देखिँदै आएको मजदुर अभाव महिला मजदुरबाट पूर्ति गर्ने प्रयासमा उद्योग जुटेका छन् ।

“पुरुष कामदारको अभाव पूर्तिगर्न पनि हामीले महिलालाई राखेका छौँ, उनीहरू कामप्रति बढी जिम्मेवार हुने गर्दछन्”, क्वालिटी बिस्कुट उद्योगका प्रबन्ध निर्देशक नवलकिशोर काबराले भन्नुभयो,“उनीहरू गफमा भन्दा काममा बढी ध्यान दिन्छन् ।” यस्ता महिलालाई उद्योगले समयको पावन्दीलाई ध्यान दिएर काम गर्छन् । उनीहरूलाई साँझ ६ बजेपछि बिदा दिइन्छ ।

काबराको उद्योगमा ४०० भन्दा बढीले रोजगारी पाएका छन् । अरुमा पनि २०० भन्दा बढी महिला छन् । औद्योगिक करिडोरमा सञ्चालित जुट उद्योगमा पनि महिला मजदुरले नै बढी मात्रामा काम गरेको देख्न सकिन्छ । नेपाल जुट उद्योग सङ्घका अध्यक्ष राजकुमार गोल्छाले भन्नुभयो, “तर अहिले महिला कामदार राख्न थालेपछि अभाव हटेको छ ।” उहाँका अनुसार मजदुरकै कारण अहिले उद्योगले उत्पादन कटौती गर्नुपर्ने अवस्था छैन ।

महिला भनेपछि गार्मेन्टस् उद्योगमा मात्र काम गर्ने संस्कार थियो । महिला यतिबेला जुट, बिस्कुट, प्लास्टिक, चकलेट, चाउचाउलगायतका उद्योगमा काम गरिरहेका छन् । “मेरो रमपममा पनि महिला कामदार मनग्गे छन्”, एसियन थाइफुड्सका प्रबन्ध निर्देशक महेश जाजुले भन्नुभयो ।

यस क्षेत्रमा सानाठूला गरी ५५० भन्दा बढी उद्योग छन् । ती उद्योगमा करिब ६० हजारभन्दा बढीले रोजगारी पाएका छन् । त्यसमध्ये यस क्षेत्रमा सञ्चालित नौ जुट उद्योगमा मात्रै २० हजारभन्दा बढी मजदुर आबद्ध छन् । विगतमा खेती गर्ने पनि अहिले उद्योगमा मजदुरी गर्न थालेका छन् । मोरङ सिसवनी बडहराकी फूलमती राजवंशी उद्योगमा काम गर्नुभन्दा अगाडि अर्काको खेती गर्नुहुन्थ्यो । तर खेतीबाट सधैँ घाटा हुन थालेपछि कृषि पेसालाई चटक्कै छाडेर मजदुरी गर्न थालेको उहाँ बताउनुहुन्छ ।

“कहिले पानी नपर्ने, कहिले मल नपाउने, कहिले उत्पादित वस्तुको मूल्य नहुने अवस्थाले लगानीसमेत नउठेर धेरैपटक घाटा सहनुप¥यो,” फूलमतीले भन्नुभयो, “उद्योगमा त काम गरेको दिन पैसा पाइहालिन्छ ।” उद्योगमा काम गर्ने महिलाले दैनिक रु ५५० देखि ८०० सम्म कमाउने गरेका छन् । उद्योगमा काम गर्नेमध्ये एकै परिवारका चार–पाँचजनासमेत महिला छन् ।

उद्योग सङ्गठनका कार्यकारी सदस्य नन्दकिशोर राठीले भन्नुभयो “महिला मजदुर सधैँ कसरी धेरै काम गरेर बढी पैसा कमाउने भन्नेतर्फ ध्यान केन्द्रित गरेको देखिन्छ”, उहाँ थप्नुहुन्छ, “त्यही भएर पनि हुनसक्छ केही वर्षयता उद्योगमा मजदुरको समस्या छैन ।” रासस

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०५:०९ मा प्रकाशित

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...