२७ साउन, काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १ जनालाईपक्राउ गरिएको छ ।
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा८९ प ४५१८ नम्बरका मोटरसाइकल चालक कलंकी बस्ने सिन्धुली का सबिन खड्कालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका- ११ थापाथलीमा खड्काको मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको सवारी दर्ता किताब नभएकाले कारबाहीबाट बच्न नगद १ हजार १ सय रुपैयाँ दिएर उनले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
वि.सं.२०७६ साउन २७ सोमवार १३:३३ मा प्रकाशित






























