back
CTIZAN AD

डडेल्धुरामा बाँदर आतङ्क

वि.सं.२०७६ साउन २७ सोमवार

789 

shares


२४ साउन, डडेल्धुरा । डडेल्धुरामा विभिन्न स्थानमा बाँदरले अन्नबाली खान थालेपछि किसान चिन्तित भएका छन् । खेतीपातीबाट घर खर्च चलाइरहेका यहाँका किसानलाई जङ्गली जनावरले लगाएको अन्नबाली खान थालेपछि के खाने, के लाउने भन्ने समस्याले पिरोल्न थालेको छ ।

जिल्लाका सात वटै स्थानीय तहमा जङ्गली जनावरले खेतमा लगाएको मकैबाली, दलहन तथा तरकारी सबै नष्ट गर्ने गरेको स्थानीयवासीको भनाइ छ । विगत ६÷७ वर्षदेखि बाँदर आतङ्कले सताएको अमरगढी नगरपालिका—८ का स्थानीयवासी लक्ष्मी गैरालले बताए । खाना पकाएर अन्य कामका लागि बाहिर गएको बेला बाँदरले घरभित्र पसेर खाना पनि खाइदिने गरेको छ । उनले भने, “दिनभरि बाँदर धपाउनुपर्छ, घरको काम सबै छुट्छ । के खाने, के लगाउने भन्ने पीर हुन्छ ।”

बाँदरले लगाएको खेती सखाप पार्न थालेसँगै व्यावसायिक कृषिको विकल्प सोच्नुपर्ने अवस्था आएको किसानको भनाइ छ । विगतमा बाँदर धपाएर पनि बालीको संरक्षण गर्न सकिने गरेकामा पछिल्ला दिनमा धपाउन जाँदा उल्टै बाँदरले आक्रमण गर्ने गरेको अमरगढी—८ का कृषक बिस्ना गैरालले बताए । लगाएको अन्नबाली जङ्गली जनावरले नष्ट गर्न थालेपछि किसान खेतबारी बाँझै छोडेर विदेश जाने क्रम बढेको छ ।

वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रूपमा सूचीकृत गरेको छ । कृषकले राज्यले बालीनालीको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन् । गाउँमा मान्छेभन्दा बाँदर धेरै आउने गरेको अमरगढी—११ फिन्नेकोटका स्थानीयवासी लोकबहादुर बोहराले बताए। उनले भने, “सम्बन्धित निकायसँग क्षतिपूर्तिको माग गर्दासमेत दिएनन् ।”

स्थानीयवासीले बाँदर धपाउनका लागि स्थानीय प्रशासनले सहयोग गर्नुपर्ने माग गरेका छन् । बाँदर आतङ्क भए पनि स्थानीय सरकारले केही पनि पहल नगरेको भागेश्वर गाउँपालिका–१ का रमेशबहादुर ठकुराठीको आरोप छ । जिल्लाका विभिन्न गाउँमा बाँदरले बाली खाइदिएपछि जिल्ला कृषि विकास कार्यालयमा गुनासो आउने गरेको छ । कृषकले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा उनीहरूले राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् । नेपाल कृषि प्रधान देश भएकाले बाँदर न्यूनीकरणका लागि पहल गरेर कृषि उत्पादनमा जोड दिने अमरगढी नगरपालिका–८ का अध्यक्ष नरबहादुर साँकीको भनाइ छ ।

जिल्लाको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, अजयमेरु, गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका विभिन्न वडामा बाँदर आतङ्कले मुख्य खाद्यबालीका रूपमा रहेको मकै बचाउन हम्मेहम्मे परेको छ । उता जङ्गली जनावरको आतङ्क न्यूनीकरणका लागि अजयमेरु गाउँपालिकाले वडा नं २ मा तारजालीको व्यवस्था गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष शिवराज भट्टले बताए। जङ्गली जनावरबाट अन्नबाली जोगाउनका लागि गाउँपालिकाका ६ वटै वडामा तारजालीको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ । (रासस)

वि.सं.२०७६ साउन २७ सोमवार १३:३१ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरमा कारको टायरमा गोली...

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति...

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...