back

चीनबाट कच्चा पदार्थ ल्याए औषधि ४० प्रतिशत सस्तो

वि.सं.२०७६ साउन २८ मंगलवार

453 

shares
GLOBAL IME AD
NTC AD

२८ साउन, काठमाडौँ । नेपालका औषधि उद्योगले सोझै चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरे औषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरुले बताएका छन् ।

मुलुकमा करिब ८० प्रतिशत औषधिको कच्चा पदार्थ भारतबाट आउँदैछ । नेपालमा बर्सेनि ५५ अर्ब रूपैयाँ बराबरको औषधि खपत हुने गरेको छ । सबभन्दा बढी एन्टिबायोटिक र नसर्ने (मुटु, मधुमेहलगायत) रोगका औषधि बढी खपत हुन्छ ।

‘चीनबाट सोझै कच्चा पदार्थ खरिद गरिए केही भारतमै बन्नेबाहेक धेरैजसो औषधिमा करिब ४० प्रतिशतसम्म सस्तो पर्नेछ, नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले भने, ‘कच्चा पदार्थ चीनबाट भारत जान्छ र त्यसैलाई हामी भारतबाट खरिद गरेर ल्याइरहेका छौं । चीनबाट सिधा ल्याउन सके औषधि अत्याधिक सस्तो हुनेछ ।’ उनका अनुसार भारतको औषधि उद्योगसमेत ८७ प्रतिशत चीनकै कच्चा पदार्थमा निर्भर छन् ।

चीन ठूलो मात्रामा औषधिको कच्चा पदार्थ निर्यात गर्ने मुलुक हो । मंगलबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ साउन २८ मंगलवार ०७:४२ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...