back
CTIZAN AD

बेपत्ता भएको एक वर्ष बित्दासक्दा पनि भेटिएनन् पत्रकार

वि.सं.२०७६ साउन ३० बिहीवार

888 

shares


३० साउन, बाजुरा । नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष तथा पत्रकार तेजबहादुर खड्का ‘तेजु’ बेपत्ता भएको एक वर्ष बित्न लाग्दासमेत अहिलेसम्म उनको कुनै जानकारी हुन सकेको छैन ।

विसं २०७५ भदौ महीनाको ९ गते बाजुराको बूढीनन्दा धार्मिक क्षेत्रबाट चतुर्दशीको मेला सकेर फर्किने क्रममा सातपाखे भन्ने ठाउँबाट उनी सम्पर्कविहीन भएका थिए । बेपत्ता भएदेखि उनको निकै खोजी गरिए पनि अहिलेसम्म कुनै खबर पत्ता नलाग्दा परिवार चिन्तित छन् । समुद्र सतहदेखि करीव १६ हजार फिट उचाइमा रहेको बूढीनन्दामा भाद्र शुक्ल चतुर्दशीको बिहान लाग्ने मेलाको समाचार सङ्कलनका लागि पत्रकार खड्का भदौ ६ गते त्यसतर्फ गएका थिए । उनी सम्पर्कविहीन भएको एक वर्ष पुग्नलाग्दा समेत कुनै अत्तोपत्तोे छैन ।

बेपत्ता पत्रकार खड्काको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी लगातार खटिरहे पनि अहिलेसम्म कुनै खबर नआएकामा परिवार निकै दुःखी भएको उनका दाजु जीतबहादुर खड्काले बताए । उनले भने , “मेरो भाई हराएको एक वर्ष हुन लाग्यो, कहीँ कसैले पनि पत्ता लगाउन नसक्दा हामी निकै दुःखी भएका छौँ ।”
बूढीनन्दाबाट फिर्ता भएका खड्का बर माग्ने भन्ने ठाउँमा केही सामान छुटेकाले लिन गएकामा अहिलेसम्म सम्पर्कमा नआएका अर्का दाजु विजय खड्काले बताए । उनले भने, “भाइको छोराछोरीले बाबाको खबर केही आयो कि भनेर सोध्नछन्, आफूसँग उत्तर छैन, के भनेर छोराछोरीलाई सम्झाउने ।” पत्रकार खड्काको खोजीका लागि नेपाल पत्रार महासङ्घले विभिन्न खोजविन टोली बनाए पनि अहिलेसम्म कसैले पनि उनको अवस्थाका बारेमा खासै आधिकारिक खबर दिन सकेका छैनन् ।
विसं २०५४ मा कार्यक्रम प्रस्तोताका रुपमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलबाट आफ्नो पेशा शुरु गरेका खड्काले रेडियो नेपालमा रहँदा समाचार वाचक, कार्यक्रम उत्पादक र कार्यक्रम प्रस्तोताका रुपमा काम गरेका थिए । उनले प्रस्तुत गर्ने कार्यक्रममा ‘देउडा गीतको सेरोफेरो’ र ‘बसिबियालो’ लोकप्रिय थिए । क्षेत्रीय प्रसारण केन्द्र हुँदै केही समय उनले रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारमा समेत काम गरेका थिए । बेपत्ता हुनुपूर्व उनी बाजुराको कोल्टीमा रहेको बूढीनन्दा एफएममा कार्यरत थिए । (रासस)

वि.सं.२०७६ साउन ३० बिहीवार १५:५२ मा प्रकाशित

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका...

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । Daraz Nepal ले आफ्ना ग्राहकका लागि ‘द रियल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो...

एघार महिनामा ६ हजार विपद्का घटना

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...