back

दुई मोटरसाइकल जुध्दा एकको मृत्यु

वि.सं.२०७३ मंसिर ८ बुधवार

177 

shares
NTC AD
Global IME AD

८ मंसिर, दमक । पूर्व–पश्चिम राजमार्गको झापाको लखनपुर–१ सीतापुरीस्थित सडकखण्डमा मंगलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे३प ७६३६ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको मे२प ५५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षीय सचिन राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राईको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा साँझ साढे ७ बजे मृत्यु भएको हो ।

दुर्घटनामा अर्का मोटरसाइकलका चालक लखनपुर–५ का सुरेस माझी गम्भीर घाइते भएका छन् । घाइते माझीको विराटनगरस्थित न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

वि.सं.२०७३ मंसिर ८ बुधवार ०३:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...