back
CTIZAN AD

संविधान संशोधन नभए देशब्यापी आन्दोलन हुने यादवको चेतावनी

वि.सं.२०७३ मंसिर ८ बुधवार

861 

shares

Upendra-yadav

८ मंसिर, राजविराज । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको माग सम्वोधन गर्न वर्तमान सरकार गम्भीर नदेखिएकोले राष्ट्रिय आन्दोलन बाहेक अर्को विकल्प नरहेको बताउनुभएको छ ।

सप्तरीको मल्हनियामा मंगलबार आयोजित पार्टी प्रवेश एवम् जनसभालाई सम्वोधन गर्दै उहाँले भन्नुभयो – ‘मधेसको माग सम्वोधन गर्न सरकार गम्भीर नदेखिएकोले राष्ट्रिय आन्दोलन बाहेक अर्को विकल्प छैन, अब हुने सङ्घर्षको स्वरूप निर्णायक हुनेछ ।’

अध्यक्ष यादबले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सङ्घीय गठबन्धनको तर्फबाट दिइएको १५ दिने अल्टिमेटमको समयावधिसमेत सकिन लागेको चर्चा गर्दै आफूहरू शालिन भएर प्रस्तुत हुँदै आएकोमा ठूला भनाउने दलहरूले मधेसको भावनामाथि खेलवाड गर्ने काम गरिरहेको आरोप लगाउनुभयो ।

मधेस आन्दोलन र मधेसको माग अन्तर्राष्ट्रियस्तरमासमेत स्थापित भइसकेको बताउँदै उहाँले भन्नुभयो – ‘मधेसी जनताको कठोर आन्दोलन र बलिदानीलाई खेर जान दिने छैनौँ, मधेसको हक अधिकार संविधानमा उल्लेख नभएसम्म यो संविधान औचित्यहीन हुनेछ ।’

कार्यक्रममा फोरम नेपालका वरिष्ठ नेता अशोक राईले अस्तित्व, स्वाभिमान र पहिचानका लागि मधेसबाट सुरु भएको आन्दोलनले राष्ट्रिय आन्दोलनको स्वरूप ग्रहण गरिसकेको बताउँदै यो आन्दोलनलाई दुनियाँको कुनै पनि ताकतले दबाउन नसक्ने धारणा व्यक्त गर्नुभयो ।

‘मधेस आन्दोलनलाई दुनियाको कुनै पनि ताकतले रोक्न सक्दैन, माग पूरा नभएसम्म आन्दोलन चलिरहन्छ’ उहाँले भन्नुभयो ‘मधेसको माग आदिवासी, जनजाति, दलित तथा शोषित उत्पीडित सबैको माग हो ।’

वरिष्ठ नेता राई सङ्घीय गठबन्धनको माग सम्बोधन गर्न दलहरूले आनाकानी गरिरहेकाप्रति आक्रोश व्यक्त गर्दै माग सम्बोधन नगरे राज्यले यसको ठूलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना हुने बताए ।

‘यो आन्दोलन मधेसको मात्र हो भने ठान्नु शासकहरूका लागि ठूलो भूल हुनेछ’ उहाँले भन्नुभयो –‘यो आन्दोलन मधेस, पहाड र हिमालका शोषित उत्पीडित एवम् विभेदमा पारिएकाहरूको आन्दोलन हो, माग सम्बोधन नभए अबको आन्दोलनलाई राष्ट्रियव्यापी रूपमा भयावह एवम् निर्णायक आन्दोलनको रूपमा अगाडि बढाउने छु ।’

पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् दुई नम्बर प्रदेश प्रमुख रेणु यादवले अझैं पनि आफूलाई ठूला भनाउने दलहरूले संविधान संशोधन गर्न आनाकानी गरेर नौटङ्की गरिरहेकाले सशक्त आन्दोलनको आवश्यकता औँल्याउनुभयो ।
फोरमका राजनीतिक समिति सदस्य शैलेन्द्रप्रसाद साह, सांसद लक्ष्मी चौधरी, पार्टीका केन्द्रीय सदस्य अनिरुद्ध कुमार सिंह र जिल्ला अध्यक्ष दिनेशकुमार यादवलगायतले मधेसको माग सम्बोधन गर्न ढिलाई भइरहेको भन्दै सशक्त आन्दोलनबाटै शासकवर्गलाई घुँडा टेकाउन सकिन्छ भन्नुभयो ।

सप्तरी क्षेत्र नम्वर–६ का पार्टीका अध्यक्ष अरुण यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सप्तरीका वरिष्ठ उपाध्यक्ष महेन्द्र चौधरी, फोरम गणतान्त्रिकका जिल्ला सचिव अरबिन्द यादव, वुद्धिजीवी रासिन्द्र यादवसमेत गरी मौवाहा, बेल्ही, बसवलपुर, इनर्वा फूलबडिया, मल्हनियालगायत जिल्लाको पश्चिमी भेगका विभिन्न पार्टीमा रहेका करिब सात सय जना सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
पार्टीमा प्रवेश गर्नेहरूलाई अध्यक्ष यादव, वरिष्ठ नेता राई, प्रदेश प्रमुख यादवलगायका नेताले फूलको माला र अबीर लगाएर स्वागत गर्नुभयो ।

वि.सं.२०७३ मंसिर ८ बुधवार ०३:२४ मा प्रकाशित

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...