back
CTIZAN AD

एनआरएनए नेतृत्वलाइ संस्थागत बनाउन सक्नु पर्छ !

वि.सं.२०७६ भदौ १ आइतवार

711 

shares

लामो समयदेखि बेलायतमा रहेर नेपाल र नेपालीको सेवाकर्ममा निरन्तर लागेका सुरेन्द्र श्रेष्ठ गैरआवासीय नेपाली अभियानका एक बौद्धिक अभियन्ता हुन् । गैरआवासीय नेपाली संघको जन्मभाव र मर्मलाई सोचेअनुरुप संस्थागत गर्न नसकिएको स्वीकार गर्ने सुरेन्द्र श्रेष्ठ वर्तमान आइसीसीका सल्लाहकार समेत हुन् । धन र मन दुवै भएका नेतृत्वले बैलैमा संस्थागत संस्कृतिमा जोड दिन सकेको भय अहिलेको जस्तो चुनाबको अगाडी मात्रै आबश्यकता भन्दा बढी सक्रिय हुन् न पर्ने  मतमा दृढ छन् सुरेन्द्र श्रेष्ठ । संस्थापक अध्यक्ष उपेन्द्र महतो देखि बर्तमान अधक्ष भवन भट्ट समेतलाई मागेका बेला आवस्यक राय दिएको बताउने सुरेन्द्र बाहिरी भन्दा भित्री व्यवस्थापन र खटनपटनमा सक्रिय हुँदै आएका व्यक्ति मानिन्छन् । माओवादी जनयुद्ध शुरु हुनुभन्दा  धेरै अगाडिदेखि नै माओवादीहरुसँग बढी संगत गरेका र सबै राजनैतिक नेतृत्वकर्तालाई उत्तिकै सम्मान गर्न नचुक्ने सुरेन्द्र ततकालीन माओवादी वृत्तलाई एनआरएनए अभियानमा जोडाउने प्रमुख सहजकर्ता समेत हुन् । गैरआवासीय नेपाली संघको भविष्य उज्ज्वल बनाउन अब कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयमा उनै श्रेष्ठसँग संसारन्युजले गरेको संक्षिप्त कुराकानी  ।

लामो समयदेखि गैरआवासीय नेपाली अभियन्ता हुनुहुन्छ, यसको समीक्षा कसरी गर्नुभएको ?

 ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने हृदयस्पर्शी नारा बोकेर अनि ‘ नेपालीका लागी नेपाली’ भन्ने भावमा सक्रियतापूर्वक लागेर आउनु भएका संस्थापक र अग्रज पहलकर्ताहरुलाई मैले शुरु देखि नै सम्मान गर्दै आएको छु । संसारभरी छरिएका सबै नेपालीलाई अटाउने साझा संगठनको रुपमा यसले बाटो पक्रेपछि म पनि सन् २००५  देखि थप  क्रियाशील भएको हुँ । यहाँसम्म आइपुग्दा यो संस्था प्रवासी नेपालीहरुका लागि एउटा साझा चौतारीको रुपमा स्थापित हुन सकेको छ । पैसा र पुँजी बाहेक सीप, कला, प्रतिभा, विज्ञान, प्रविधि एवं मानव सभ्यताको विप्रेषण गरिरहेका विदेश बस्ने नेपालीलाई संस्थागत माध्यमबाट एकीकृत ढंगले अघि बढाउने मंचको रुपमा आइपुगेको छ । अब यो संस्थाले हिजोको जस्तो अधिकार प्राप्तिका  बिबिध मागका लागि भन्दा समृद्ध नेपाल निर्माणको प्रक्रियामा सामेल हुन् सक्नु पर्दछ ।केहि व्यक्तिहरु दिर्घकालिन ठुल ठुला योजनाहरुमा मात्रै केन्द्रित नरही जनताले प्रत्यक्ष अनुभूत गर्न सक्ने ससाना एकिकृत सेवामुलक योजनाहरु तुरुन्तै संचालन गर्न सक्नु पर्द्छ । संसार भर फैलियका हाम्रा सन्ततिहरुलाई पनि नेपाल संग जोड्ने काममा प्राथमिकता  दिन पर्दछ ।

तपाईले भनेजस्तो एकीकृत लगानी, प्रभाव परीणाम देखा परेका छन्

त्यस्तो ठूलो प्रभाव र परिणाममा  त पुग्न सकेको छैन । जे होस् त्यतातर्फ उन्मुख गर्न गराउन  केहि समयदेखि बहश र प्रयास भैरहेको छ । केहि साथीहरु सामाजिक उद्यमशिलता,ब्यबहारिक कृषि प्रणाली मा लागि रहनु भयको छ । आशा गरौं, त्यो पूरा हुनेछ ।

एनआरएनएको आइसीसीले घोषणा गरेका ठूला–ठूला सामूहिक परियोजनाहरु संस्थागत रुपमा घोषणा मात्रै भए परीणाम आएन भन्ने छ नी यो जिज्ञासामा केहि सत्यता छ ?

हामीले केहि निकै ठूला र महत्वाकांक्षी परियोजनाहरु संस्थागतरुपमा घोषणा गयौ तर, कार्यान्वयनमा लान सकेनौं । कार्यान्वयनमा जान नसकेपछि अपेक्षित परिणाम आउने कुरै भएन । आइसीसी र कतिपय एनसीसीले गरेका ठूला परियोजना संस्थागत कार्यान्वयनमा जान नसक्दा यस्ता प्रश्न आएका हुन् ।

यसका मुख्य अभियन्ता र नेतृत्वकर्ताहरु आफ्नो व्यापार व्यवसायमा सफल हुने तर संस्थागत काममा असफल हुने के कारणले होला ?

सान्दर्भिक प्रश्न गर्नुभयो, हामी नेपालीहरुको प्राय उस्तै पुरानो मानसिकता छ । संस्थाका भेला सम्मेलनमा ठूलोठालु बन्नुपर्ने एउटा मनोविज्ञान  र अर्को मनोविज्ञान अन्य अभियन्ता र संगठकलाई उत्प्रेरणा दिनुपर्ने वाध्यतासँग जोडिएको कारण पनि बोल्न र घोषणा गर्न वाध्य हुने स्थिति रहन्छ । तर परियोजनाहरुको संभाव्यता अध्ययन, पृष्ठभूमि र कार्यान्वयन तथा परिणामको पाटोलाई नहेरी स्वाट्टै बोली हाल्ने चलन बलियो छ अहिलेसम्म । जहाँसम्म व्यक्ति सफल, संस्था असफल हुने परिपाटी छ, यसले पनि हाम्रो अभियान गाँजिएको छ । बोली हाल्ने अनि छनक नदेखेपछि व्यक्तिगत रुपमा भएपनि केहि गर्न पर्ने वाध्यताले धेरै काम गरेको छ । व्यक्तिगत व्यवसायमा त सबैले बढी जोड र ध्यान दिनु सामान्य कुरा हो, संस्थागत भन्नेवित्तिकै स्वयमसेवी कुरो भइहाल्छ ।

व्यवस्थापनमा विज्ञ, दक्ष सफल मान्छेहरु भएको संस्था पनि नमुना हुनुपर्ने होइन सुरेन्द्रजी ?

 हो, त्यो त । तर, संस्थालाई ‘संस्थागत संस्कृतिको संस्था’ को रुपमा स्थापित गराउन सकियको छैन । केहि मान्छेहरु केहि गर्न  सकिन्छ    कि भनेर अभियानमा लाग्ने गर्दछन तर धेरै टिक्न सक्दैनन् ।व्यक्ति सफल बन्नु र संस्थालाई सफल बनाउनु फरक बिषय जस्तो देखियको छ । एकातिर नेतृत्वमा होडबाजी हुनु  अर्को तिर  उत्तराधिकारी बनाउदै जाने परम्परा बस्नु पनि समस्या नै हो जस्तो लाग्दछ ।

घरमा श्रीमतीलाई आधा घण्टाभित्र खाना बनाउ १० जना पाहुना ल्याउँछु भन्ने तर कसौडीमा जना भन्दा बढीलाई नपुग्ने,त्यतिमात्र कहाँ हो , के , केके छैन त्यो पनि हेर्नुपर्छ नी होइन ? यस्ता कमजोरी सुधार्न के गर्नुपर्ला ?

पहिलो कुरा त हाम्रो अभियानलाई संस्थागत गर्न बाकी नै छ ।। दर्ता हुँदैमा, विधान अनुसार साधारणसभा र सम्मेलन गर्दैमा अनि भोट हालेर नेतृत्व चुन्दैमा मात्र संस्थालाई संस्थागत बनाउन सकिदोरहनेछ भन्ने प्रष्ट भयको छ । यति लामो समयमा पनि आशा लाग्दो भर पर्दो नेतृत्वको बिकास गर्न सकियन यो वा त्यो नाममा सधै केहि व्यक्तिहरु संग मात्रै बिश्वास र भरोसा गर्न पर्ने जस्तो मात्रै देखिन थाल्यो । सामुहिक नेतृत्वको अबधारणालाइ ब्यबहारमा उतार्न सकियो भने मात्र धेरै कमि कमजोरीहरुलाई हटाउन सकिन्छ ।अबको नेृतत्व चयन प्रक्रिया त्यतै तिर मुखरित गराउन सबै गैरआवासीय नेपालीहरुले यसमा ध्यान पु-याउन सकियोस भन्न चाहन्छु ।

तपाई आफै पनि नागरिकताको मुद्दामा संस्थागत व्यक्तिगत रुपमा पनि लडिरहनु भएको ? उपलब्धि कति भए कति हुन सकेनन् ?

 हामी केही वर्ष दोहोरो नागरिकता भनेर अल्मलियौ । केही वर्ष नागरिकताको निरन्तरताको कुरा उठ्यो । हामी छलफल र बहसबाट एजेण्डा स्थापित गर्नसम्म सक्यौं । संविधान बन्नु अगाडि लविङ गर्यौ । आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउने गरी नागरिकताको व्यवस्था भयो तर मूलभूतरुपमा देशको नेतृत्वलाई राम्रो सँग बुझाउन सकेनौं । पुस्तौपुस्ता नेपाली माटोमा हुर्केका र एकपटकको नेपाली सधैको नेपाली हुन चाहेका हामीबाट राजनैतिक रुपमा त्यस्तो हानी हुने थिएन । तर राजनितीक अधिकार बिनाको नागरिकता पाउने भनियको हामि नागरिक नै हैनौ भन्ने कोण बाट बुझ्नु पनि सहि हैन । सबै नागरिकले सबै अधिकारहरु समान रुपमा प्रयोग गर्न पाउदैन । हामी चुनाबमा भोट खसाल्ने अधिकार नभयको कारणले मात्रै नेपालको नागरिक हैनौ भन्ने हो भने १८ बर्ष उमेर नपुगेका कोहि पनि नागरिक हैन भनेको जस्तो हुन् जान्छ ।प्राप्त अधिकारलाई संस्थागत गर्न पनि यस बारेमा थप छलफल र बहसबाट हामी अघि बढि रहनु पर्ने छ ।

 हामीले सर्बोच्वामा दियको एउटा रिट खारेज गरेको छ तर मुख्य बिषय भित्र नै प्रवेश नगरेको हुदा अन्य केहि उपायबाट फेरि उठान गर्ने सम्भाबना छ ।मैले व्यक्तिगत रुपमा दिएको मुद्दा भने  सर्वोच्चमै छ अहिलेसम्म ।

बालुवाटारको जग्गा प्रकरणमा एनआरएनए कसरी फस्न पुग्यो होला ?

 म सल्लाहकार मात्र भएकोले प्रक्रियामा मैले धेरै थाहा पाउने स्थिति थिएन । ‘मिनी राष्ट्र संघ’ को सोचमा भवन तथा भौतिक संरचना बनाउने भनेर विषयवस्तु आएका हुन्, तर खै किन हो त्यो  जग्गामा हात हालिएछ । भवन निर्माणको अनुमतिमा पुगेका बेला मात्र उपसमिति बनेको कुरो आएको थियो  । यतिधेरै वर्षपछि आफ्नो भवन चाहेका गैरआवासीय नेपालीहरुलाई बालुवाटार प्रकरणमा एनआरएनए जोडिदा झड्का आएको छ । हामीले यो सबै अबरोधहरुको सामना नै गर्न नपर्ने अवस्था हुन् पर्थ्यो  ।बालुवाटार प्रकरणमा फसिए पनि हामी अब सन्तुलित रुपमा लविङ गरेर गैरआवासीय नेपालीको भावना र सम्पत्तिको सुरक्षा तथा कार्यालय व्यवस्थापनमा सरकारलाई कन्भिन्स गराएर विशेष निर्णय गराउने तर्फ जानुको विकल्प छैन ।

एनआरएनएमा अब चुनावी अभियान आएजस्तो देखिन्छ, तपाईको विचारमा प्रक्रिया नेतृत्व कसरी अगाढि बढ्नु पर्ला ? अनि तपाइ आफनौ रुचि कस्तो ?

केहि साथीहरु चुनाबी अभियानमा लागि सकेको देखिन्छ । सके सम्म सर्ब सम्मत होस् भन्ने कामना  हुदा हुदै पनि ब्यबहार त् त्यस्तो हुने देखियको छैन ।अहिले उम्मैदवारी घोषणा गरेका  मित्रहरु लामो समय देखि अभियानमै लागि पर्नु भयको हुनाले संस्थालाई अझै उचाइमा पुर्याउन सकियोस भन्न चाहन्छु  । पुरानो चलन हेर्दा निर्वाचन भएको ६ महिना समितिहरु बनाउन समय जाने, अर्को पछिल्लो ६ महिना चुनावी लहरमा जाने, १ वर्षमा बुझ्ने कि काम गर्ने ? यस्ता समस्याका कारण वरिष्ठ उपाध्यक्ष राखेर अर्कौ कार्यकालका लागी स्वत अध्यक्ष बनाउदा सिक्ने र कामगर्न ढुक्क हुने स्थिति पैदा हुन्थ्यो ।  मैले उमेद्वारी दिने कुनै सोच राखेको छैन । अभियानमा लागि रहन पद नै चाहिन्छ भन्ने मान्यता पनि राख्दिन ।

वि.सं.२०७६ भदौ १ आइतवार १२:२१ मा प्रकाशित

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री

मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले...

मौनअवधिमा विशेष निगरानीको व्यवस्था गरिएको छ –आयुक्त राणा

मौनअवधिमा विशेष निगरानीको व्यवस्था गरिएको छ –आयुक्त राणा

काठमाडौं । निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौनअवधिमा हुनसक्ने...