back
CTIZAN AD

मैथिली गीत प्रतियोगिता

वि.सं.२०७६ भदौ १ आइतवार

765 

shares

१ भदौ, जनकपुरधाम । विलुप्त हँुदै गएको मैथिली संस्कार गीतको संरक्षण र विकास गर्ने उद्देश्यले शनिबार यहाँ मैथिली संस्कार गीत गायन प्रतियोगिताको आयोजना गरियो ।
सखी बहिनपा मिथिलानी समूह जनकपुरधामद्वारा आयोजित सो प्रतियोगितामा बालदेखि वृद्धासम्मको सहभागिता थियो । प्रतियोगितामा पूर्णकला झा प्रथम, प्रियाशा चौधरी द्वितीय र रेखा हाथी तृतीय एवं ज्योति झा, सुधा कर्ण, गायत्री झा, गङ्गा कर्ण, नीरा देवी, नीलम झा र आर्या झाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
जनकपुर उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्रले पुरस्कृत हुनेलाई पुरस्कार प्रदान गर्दै मैथिली संस्कार गीत समृद्ध भए पनि वर्तमानमा यसप्रतिको उदासिनताले अस्तित्वमाथि सङ्कट देखिएको बताइन । उपमहानगरपालिका संस्कार गीतको परम्परालाई जीवन्त राख्न सधैँ सहयोग गर्न तयार रहने बताउँदै उनले बाल र युवालाई यसप्रति आकर्षण गराउनु आवश्यक छ भनिन ।
सखी बहिनपा समूहका संस्थापिका आरती झाले विगतमा १६ संस्कार गीत गायन परम्परा रहेको वर्तमानमा जन्मदेखि मृत्यु संस्कारसम्मको संस्कार गीत गायन चलनमा रहनु चिन्ताको विषय हो भनिन । समूहका सदस्य पुनम झा मैथिल, सुनिता मिश्र, भारती चौधरी, सङ्गीता झा र सम्झना वर्माले संस्कार गीतको महत्वबारे प्रकाश पार्दै गायनलाई गाउँसम्म पु¥याउनु जरूरी भएको धारणा राखे । रासस

वि.सं.२०७६ भदौ १ आइतवार १२:२० मा प्रकाशित

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

काठानडौँ । धादिङका स्थानीय तहहरूले संविधानप्रदत्त एकल अधिकारको रक्षाका लागि...

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङ । धादिङ जिल्लाका १३ वटै स्थानीय तहले संयुक्त विज्ञप्ति...

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र...

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...