back
CTIZAN AD

सवारी दुर्घटनामा ५ जनाकोे मृत्यु

वि.सं.२०७६ भदौ १ आइतवार

960 

shares

१ भदौ, काठमाडौं । काठमाडौं, दाङ र कास्कीमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

काठमाडौंको ज्ञानेश्वरस्थित सडकमा बा.८२ प ८५४९ नम्बरको स्कुटर र बा. ५प ७१५१ नम्बरको मोटरसाइकल शनिबार साँझ एकआपसमा ठक्करखाँदा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँका अनिश श्रेष्ठको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, गोकर्णेश्वर नगरपालिका ८ माकलबारीस्थित सडकमा बा.४३ प १०६९ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सिन्धुपालचोकका हाल गोकर्णेश्वर वस्दै आएका मैसानी तामाङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै लमही नगरपालिका -९ रिहारस्थित पूर्वपश्चिम राजमार्गमा रा .१ प ११३१ नम्बरको मोटरसाइकललाई ना.६ ख ३४०३ नम्बरको ट्रकले ठक्कर खाँदा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका ५ धर्नाका बिनोद बस्नेत र नेपालगञ्ज उपमहानगरपालिका ४ कारकादो बस्ने रमेश बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी पोखरा महानगरपालिका- १० औद्योगिक क्षेत्रमा ग.१० प ४७५० नम्बर र ग.४ प २२५४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका ग.४ प २२५४ नम्बरको मोटरसाइकल चालक पोखरा महानगरपालिका १३ मियापाटनका देवदास गुरुङको फिष्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ भने दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ भदौ १ आइतवार १४:१२ मा प्रकाशित

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच...

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...