back
CTIZAN AD

अधिकार कार्यान्वयका लागि जनदबाब आवश्यक

वि.सं.२०७६ भदौ १ आइतवार

984 

shares

१ भदौ बनेपा । प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर तामाङले संविधानमै व्यवस्था भएको अधिकारको पूर्ण कार्यान्वयनका लागि जनदबाब आवश्यक रहेको बताएका छन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिजको २०औँं स्थापना दिवस तथा २५औँ तामाङ प्रसारण दिवसका अवसरमा सो संस्था र तामाङ पत्रकार सङ्घ काभ्रेपलाञ्चोक शाखाले आज बनेपामा संयुक्तपमा आयोजना गरेको ‘प्रदेश नं– ३ को प्रस्तावित नामाकरण नेवा–ताम्सालिङ’ विषयक अन्तक्र्रियामा उनले संविधानमा लेखिएका कुरा लागू गर्न जनदबाबको आवश्यक भएको र कतिपय अलिखित अधिकार पाउन पनि कठिन भएको बताए हो ।
उनले नामाङ्कनका विषयमा उचित ढङ्गले सम्बोधन भएन भने प्रतिरोध हुनसक्ने आसङ्का पनि व्यक्त गरे । प्रदेश नं– ३ का सांसद रत्न ढकालले जनयुद्धदेखि उठाउँदै आएको जातीय, वर्गीय र सामाजिक मुद्दाको रुपमा स्थापित नामाङ्कनका विषयमा आफू प्रस्तापक र समर्थक दुबै भएर प्रक्रियालाई अगाडि बढाइसकेको बताए । उनले भने, “यो विषय जटिल छ, त्यसका लागि बाहिरबाट जनदबाब सिर्जना भएन भने सजिलै हुने अवस्था छैन ।”
नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का जिल्ला नेता ईन्द्रबहादुर थिङले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले सो मुद्दालाई सम्बोधन नगरे बिरोधमा उत्रिने बताए । अन्तर्रा्ष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष एवं नेपाल तामाङ घेदुङका विदेश विभाग प्रमुख टासी लामा र आदिवासी जनजाति आन्दोलनका अगुवा कान्छाराम तामाङले अझैपनि संविधानमा व्यवस्था भएको विषयलाई कार्यान्वयन गर्ने अवस्था नदेखिएकाले यसैलाई लिएर पुनःआन्दोलनमा उत्रन बाध्य नपारियोस् भने (रासस)

वि.सं.२०७६ भदौ १ आइतवार १५:२० मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...