back
CTIZAN AD

प्रेमिकाकै अगाडी एक प्रहरीको मृत्यु

वि.सं.२०७६ भदौ १ आइतवार

903 

shares


१ भाद्र, काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित ठूलो भ¥याङमा एक प्रहरी जवानको आफ्नै प्रेमिकासामु नै रहस्यमय मृत्यु भएको छ । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेकोे आशङ्का प्रहरीको छ ।

महानगरीय प्रहरीवृत्त स्वयम्भूका २६ वर्षीय प्रहरी जवान शङ्कर ठगुन्नाको गएराति प्रेमिकाकै कोठामा मृत्यु भएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार उनीहरु विगत एक वर्षदेखि नै लिभिङ टुगेदरका रुपमा बस्दै आएका थिए ।

महिलाले प्रहरीमा दिएको बयानअनुसार शनिबार राति करीब १०ः३० बजे उनी मदिरा पिएर कोठामा आएका थिए । प्रेमिकासँग झण्डै ४५ मिनेट भनाभन भएको थियो । एकछिन महिला बाहिर निस्किएर फर्किंदा ठगुन्नाले सलको पासो लगाइसकेका थिए । त्यसो नगर्न भन्दाभन्दै आफूलाई हिर्काएर पछारेको र एकछिनपछि उठेर हेर्दा पासो लगाएको देखिएको प्रहरीसँग ती महिलाले भनेकी छिन् ।

“त्यसपछि महिलाले सलको पासो काटेर एकछिन् मालिस गरिन् तर कुनै प्रतिक्रिया नआएपछि अर्को कोठामा भएका आफन्तको सहयोगमा अस्पताल लगिएको थियो ।” महिलाको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक सुवेदीले भने । अन्ततः ठगुन्ना बाँचेनन् ।

श्रीमान् छाडेर बसेकी ती महिला मजदूरी गर्दछिन् । घटनाबारे जानकारी प्राप्त भएपछि राति १ः१५ बजे प्रहरी घटनास्थल पुगेको थियो । ठगुन्ना स्वयम्भू वृत्तमा विसं २०७० देखि कार्यरत थिए । ती महिलालाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

वि.सं.२०७६ भदौ १ आइतवार १५:०० मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...