back
CTIZAN AD

मिर्गौला बिक्री गर्ने, रुद्राक्ष खेती गर्दै

वि.सं.२०७६ भदौ १ आइतवार

864 

shares


१ भाद्र, बनेपा । पाँचखाल नगरपालिका–८ होक्सेकी ३७ वर्षिया एक महिलाले गत असार महीना आफ्नो पाखोबारीमा १५ रुद्राक्षको बिरुवा रोपिन् । अहिले उनको समय ती बिरुवा रेखदेखमा पाखोबारीमै बित्ने गरेको छ ।
घर व्यवहार टार्न पैसा नहुँदा दलालमार्फत भारत गएर चार वर्षअघि आफ्नो एउटा मिर्गौला बिक्री गरेकी नाम बनाउन नचाहने ती महिलाले आम्दानीका लागि रुद्राक्षखेती गरेकी हुन् हो । उनी भन्छिन्, “जीवनमै एकपटक ठूलो गल्ती गरियो, अव रुद्राक्षखेती गरेर घरव्यबहार टार्नेछु ।”

गाउँमै रुद्राक्षको बिरुवा ल्याएका व्यापारीसँग उनले प्रतिबोट रु ७५ मा किन्नुभएको हो । “अव अरु २५ बोट थप रुद्राक्षका बिरुवा रोप्ने विचार गर्दैछु” ती महिला भन्छिन् “गाउँका हुनेखानेले रुद्राक्ष रोपेर राम्रो आम्दानी गरेको देखेपछि आफू पनि यो खेतीमा लागेकी हूँ ।”

उनकै सल्लाहमा मिर्गौला बिक्री गरेका एक छिमेकी पुरुषले पनि बारीमा २० बोट रुद्राक्ष रोपेका छन् । खेत छैन, बारीमा राम्रोसँग मकै पनि फल्दैन, अब रुद्राक्षबाट केही कमाइएला की भन्ने आशा पलाएको उनी सुुनाउछन् । आम्दानीको स्रोत पहिल्याउन नसक्दा मिर्गौला बिक्री गरेर आफूले घातक काम गरेको ती पुरुषको पनि दुःखेसो छ ।

अहिले यो गाउँका मिर्गौला बिक्री गर्ने १३ जनाले रुद्राक्षखेती थालेका छन् । चार वर्षअघि बिरुवा रोपेका तीन जनाको रुद्राक्ष फल्न शुरु भएको छ । त्यसपछि रोप्नेका रुद्राक्षको बोट हुर्कँदैछ । होक्से र भुम्लुका साथै दोलालघाटका बासिन्दाले पाँच वर्षअघि नमूनाका रुपमा यो खेती थालेकामा मिर्गौला बिक्री गर्नेहरु पनि अबको केही वर्षमै रुद्राक्षले घरव्यबहार थेग्नेमा विश्वस्त छन् ।

मिर्गौला बेचेर आफ्नो स्वास्थ्यका साथै घरव्यवहार बिग्रदै गएपछि अघिकांश उनीहरू रक्सीले पीडा भुलाउने गर्थे । ‘आम्दानीको दरिलो स्रोत भेट्टायौँ, अब दायाँबायाँ लाग्दैनौँ’ मिर्गौला बिक्री गरेका हाक्सेकै अर्का एक पुरुष भन्छन्, “अब हामी यहीखेती गरेर जीविकोपार्जन गर्छौँ ।” उहाँ मिर्गौला बिक्री गरेका अन्यलाई पनि रुद्राक्ष खेतीगर्न सल्लाह दिँदैजाने बताउँछन्।

स्थानीय समाजसेवी हरिप्रसाद सापकोटा मिर्गौला बिक्री गर्ने केहीलाई आफूले पनि रुद्राक्षखेती गर्न सल्लाह दिएको बताउँछन्। उनी भन्छन्, “चार वर्षअघि रुद्राक्ष रोप्नेको अहिले उत्पादन शुरु भएको छ ।” सामाजसेवी सापकोटाका अनुसार एक पाथी रुद्राक्षको रु ३०० मा गाउँमै व्यापारीले किन्ने गरेका छन् ।

सोही नगरपालिकाका वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकाल पनि मिर्गौला बिक्री गर्नेका परिवारलाई थप आम्दानी गराउने उद्देश्यले मौरीका घार वितरण गरिएको जानकारी दिन्छन् । उनी भन्छन्, “हाललाई प्रतिघर एक घार वितरण गरिएको छ, क्रमैसँग प्रतिघर पाँचवटासम्म पु¥याउने लक्ष्य राखिएको छ ।”

आठ दश वर्ष पहिले रुद्राक्ष रोपेका होक्सेका बासिन्दाले वार्षिक १० हजार किलो रुद्राक्षका दाना पशुपति क्षेत्रमा बिक्री गर्दै आएको स्थानीयवासी राममाया तामाङ बताउँछन् । उनी भन्छन्, “दुई बोटले मात्रै वर्षमा रू २० हजारसम्म आम्दानी दिन्छ ।” बजारमा एकमुखे, आठमुखे र ११ मुखे रुद्राक्ष बहुमूल्य मानिन्छ ।
एक गैरसरकारी संस्थाको तथ्याङ्कअनुसार केही वर्षअघिसम्म होक्सेका २१४ तथा मण्डनदेउपुर नपास्थित ज्याम्दीका ५६ जनाले आफ्ना एउटा मिर्गौला दलालमार्फत भारतमा गएर बिक्री गरेका थिए । केही वर्षअघि ‘बैंक अफ किड्नी’ भनेर देश–विदेशमा प्रचारमा ल्याइएको काभ्रेपलाञ्चोकबाट २५ वर्ष अघिदेखि मिर्गौला बिक्री हुनथालेको घटनाक्रमले देखाएको छ ।

साविक होक्से गाविस–१ स्थित एक ठकुरी परिवारका सात जनाले नै मिर्गौला बिक्री गरेपछि २०६८ सालमा उनीहरूले गाउँ नै छाडेका थिए । विसं २०७० वैशाखमा मिर्गौला तस्करीमा संलग्न १० जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्रेपछि यहाँबाट मिर्गौला तस्करी रोकिँदै गएको हो । (रासस)

वि.सं.२०७६ भदौ १ आइतवार १७:०९ मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका...

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक प्रचण्ड

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक प्रचण्ड

त्रिवेणी (रुकुम पश्चिम) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी...