back
CTIZAN AD

एनआरएनए स्वीडेनमा दिनेश कुमार श्रेष्ठ

वि.सं.२०७६ भदौ १ आइतवार

951 

shares

१८ अगस्त, स्वीडेन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) स्वीडेनको अध्यक्षमा दिनेश कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

१७ अगस्तमा सम्पन्न परिषद्को पाँचौ राष्ट्रिय अबिधेशनले अध्यक्षमा श्रेष्ठलाई निर्वाचित गर्दै उपाध्यक्षमा घनश्याम पुन, महासचिवमा राज कुमार ओमसन्, सचिवमा प्रमोद अर्याल, कोषाध्यक्षमा सरिता ढकाल, युवा संयोजकमा भिम बाहादुर भण्डारी, महिला संयोजकमा रिना के. सी, र सदस्य पुनम राई, सुधन रेग्मी, नवराज तिमल्सिना, बेली जी. सी, प्रविण श्रेष्ठलाई निर्वाचित गरेको छ ।

त्यस्तै संघको आईसिसि सदस्यमा निर्वतमान अध्यक्ष अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रमुख अतिथि तथा पर्यबेक्षक एनआएनए आईसिसि महिला संयोजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा स्टकहोलममा सम्पन्न उक्त महाधिबेशनको विशेष अतिथिमा आईसीसि होनरि कन्सुलर तथा एनसीसि बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, एनसिसि स्वीडेनका संस्थापक अध्यक्ष नबिन थपलिया, प्रमुख संरक्षक तथा निबर्तमान अध्यक्ष चिरन्जिबी खरेल, आईसिसी सदस्य प्रवेश कुँवर, नेपाल मण्डपका अध्यक्ष सुबाश अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

शिब कुमार चम्लागाईको संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिको उपसंयोजकमा चुडामणि भट्टराई र सदस्य बद्रि शर्मा पौडेलले सफलताका साथ निर्वाचन सम्पन्न गराएका थिए ।
त्यस्तै एनआरएनए आइसिसिका उपाध्यक्ष कुल अचार्यले महाधिबेसनको पूर्ण सफलताको शुभकामना मन्तव्य पठाएका थिए ।

सो अवसरमा मतदानका लागि स्वीडेनको कुना–कुनाबाट नेपालीहरुको उपस्थिति रहेको थियो भने प्राबिधिक सहयोगीमा प्रमोद अर्याल र रोहित क्षेत्री, ज्ञानबहादुर पाईजा,रामचन्द्र गौतम, उचित सिग्देल, राजु न्यौपाने, केशब प्याकुरेल स्वयंसेवी भूमिका निर्वाह गरेका थिए ।

सोहि अवसरमा एनआरएनए स्वीडेनका संस्थापक उपाध्यक्ष, आइसिसि सदस्य तथा एनसीसी स्वीडेनका जेष्ठ नागरिक प्रवेश कुँवरलाई सम्मान गरिएको थियो ।

वि.सं.२०७६ भदौ १ आइतवार १६:४४ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...