back
CTIZAN AD

भाद्र १० देखि १५ सम्म नाडा अटो सो हुुने

वि.सं.२०७६ भदौ १ आइतवार

987 

shares


१ भाद्र, काठमाडौँ । यहि भाद्र १० गते देखि १५ गते सम्म ‘नाडा अटो मोवाइल्स एशोसियसन नेपाल’ले १५ औँ संस्करणको ‘नाडा अटो सो २०१९’ आयोजना गर्ने भएको छ । आइतवार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यो जानकारी दिइएको हो ।


उक्त अटो सो राजधानीको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको छ । अटो सो को शिर्ष प्रायोजक सर्भो वल्र्ड क्लास लुब्रिकेन्ट्स रहेको पनि जानकारी दिइएको छ ।


नेपाली महान् चाड–पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्रहाकवर्गहरु, गाडी प्रेमीहरु तथा अटो मोवाइल्ससँग प्रत्यक्ष, अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउने विश्वास लिइएको आयोजकले जनाएको छ ।


प्रदर्शनीलाई वढि जानकारीमूलक, सेवामूलक र ग्रहाकमुखी बनाउन अटोसम्बन्धि सेवा सुविधा दिने; जस्तै वित्तिय सेवा, विक्रि पछिका सेवा एवम् इन्स्योरेन्सका छुट्टा छुट्टै स्टल रहने आयोजकले जनाएको छ ।


आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धि सुुसूचित गराउने उद्देश्यका साथ महानगरीय प्रहरी महाशाखा काठमाडौँको सूचना कक्ष समेत प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ ।


उक्त प्रदर्शनीमा साना ठूला गरि करिब १६० वटा स्टल र ब्लकहरु रहने छन् । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन र सवारी साधनमा लाग्ने पार्टपूर्जाका साथै लुब्रिकेन्ट्स पनि राखिने भएको छ ।


६ दिन सम्म चल्ने उक्त सोमा लगभग ७५ हजार आगन्तुकले अवलोकन गर्ने आयोजकको विश्वास रहेको छ । उक्त अवसरमा अवलोकनकर्ता को सुविधालाई ध्यानमा राखि दुईपाङ्ग्रे, चारपाङ्ग्रे, वित्तिय संस्था अटो कम्पोनेन्ट्स एवम् ग्यारेज उपकरणहरुको छुट्टा छुट्टै प्रदर्शनी राखिने आयोजकले जनाएको छ ।


उक्त अटो सोमा नाडाले यस वर्षको नयाँ आकर्षणको रुपमा ओमेगा अटोमोवाइल्सको जेन्टलमेन २०० सि.सी क्षमताको मोटरसाइकल टिकटको लक्कि ड्र गरि एकजना अवलोकन कर्तालाई उपहार दिने व्यवस्था गरेको जनाएको छ । प्रवेश शुल्क विद्यार्थीलाई १५० रुपैंयाँ र अरुलाई २०० रुपैंयाँ तोकिएको छ ।

वि.सं.२०७६ भदौ १ आइतवार १६:३७ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...