back
CTIZAN AD

वाणिज्य बैंकमा आगलागी

वि.सं.२०७६ भदौ २ सोमवार

771 

shares

२ भदौ, भरतपुर । राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
दुई तले सो भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको छ ।
भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । विद्युत् सर्ट भएर आगलागी भएको र महत्वपूर्ण कागजात,पैसाको लकर र सर्बर सुरक्षित रहेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

मोबाइल पसलमा आगलागी
यसैगरी चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा आइतबार राति आगलागी भएको छ । आगलागीबाट भवनको भुइ तलामा रहेको गुगल मोबाइल पसलका अधिकांश सामान जलेका छन् । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ । भवनको माथिल्लो तलमा भने कुनै क्षति भएको छैन । तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । (रासस)

वि.सं.२०७६ भदौ २ सोमवार १०:५९ मा प्रकाशित

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ :  प्रधानमन्त्री कार्की

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न...

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

काठानडौँ । धादिङका स्थानीय तहहरूले संविधानप्रदत्त एकल अधिकारको रक्षाका लागि...

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङ । धादिङ जिल्लाका १३ वटै स्थानीय तहले संयुक्त विज्ञप्ति...

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।...

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ । काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले...

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार...