back
CTIZAN AD

नेप्से परिसूचक आज सात अङ्कले उकालो लाग्दै

वि.सं.२०७६ भदौ २ सोमवार

690 

shares


२ भाद्र, काठमाडौँ धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २३ बिन्दुले बढेर एक हजार २२२ दशमलव ०६ बिन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.८५ बिन्दुले बढेर २६४.९६ मा पुगेको छ । नेप्से परिसूचक बढेपनि कारोवार रकममा भने उल्लेख्य सुधार हुन सकेन । आज कूल १७५ कम्पनीको १४ लाख ७७ हजार ४३५ कित्ता शेयर रु ३८ करोड ९६ लाख २५ हजारमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज निर्जीवन बीमाको शेयर कारोवार ओरालो लागेको छ । सो उपसमूहको शेयर २९.७८ बिन्दुले घट्दा बैंकिङ ७।३३, होटल ४।७४, विकास बैंक १३.४३, जलविद्युत् १.१९, वित्त १.०७, उत्पादन ६.९१, अन्य ४.७२, लघुवित्त २१.५१, जीवन बीमा ४४.३२ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज सिद्धार्थ बैंक लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ५८ लाख ३१ हजार ४२८ बराबरको शेयर कारोवार भएको छ । त्यस्तै रसुवागढी जलविद्युत् आयोजना रु दुई करोड १५ लाख १६ हजार, एनआइसि एशिया रु एक करोड ७१ लाख ९० हजार, सोल्टी होटल रु एक करोड ६७ लाख ३४ हजार, कृषि विकास बैंक रु एक करोड ६६ लाख ६४ हजार र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर रु एक करोड ४६ लाख ९८ हजारमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.५० प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स ६।४७, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ६.१६, एक्सेल डेभलपमेन्ट बैंक ५.०९ र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.०३ प्रतिशतले कमाएका छन् । सानिमा इक्विटी फण्ड ३.५७, जोशी हाइड्रोपावर २.८९, युनाइटेड इन्स्योरेन्स २.५६, गुह्यश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स २.५२, बरुण हाइड्रोपावर २।२२ र चिलिमे जलविद्युत् कम्पनीका शेयरधनीले १.९६ प्रतिशतले गुमाए । (रासस)

वि.सं.२०७६ भदौ २ सोमवार १७:५४ मा प्रकाशित

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...