back
CTIZAN AD

१८० औँ अन्तर्राष्ट्रिय फोटोग्राफी दिवस भव्य रुपमा सम्पन्न

वि.सं.२०७६ भदौ ३ मंगलवार

921 

shares


३ भाद्र, धादिङ । धादिङबेसीमा १८० औं अन्तर्राष्ट्रिय फोटोग्राफी दिवस भव्य रुपमा सम्पन्न भएको छ ।
राष्ट्रिय फोटो पत्रकार समुह,एनएफपीजे नेपाल र नेपाल फोटो पत्रकार संघ धादिङको संयुक्त आयोजनामा धादिङबेसीमा अन्तर्राष्ट्रिय फोटोग्राफी दिवस मनाएको थियो भने नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाले फोटो खिचेर उद्घाटन गरेका थिए र उक्त कार्यक्रममा राष्ट्रिय फोटो पत्रकारहरु, काठमाडौ, मकवानपुर, नुवाकोट धादिङका फोटो पत्रकारहरुको सहभागिता रहेको थियो ।


अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा धादिङबेसीमा भएको उक्त कार्यक्रममा थुपै्र फोटो पत्रकारहरूको उपस्थिती रहेको थियो ।
नेपाल फोटो पत्रकार संघ धादिङको अध्यक्ष नारायण सिलवालको सभापतित्वमा भएको अन्तर्राष्ट्रिय फोटोग्राफी दिवस विशेष कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नगर प्रमुख ढुङ्गानाले फोटो पत्रकारहरु समाजका परिवर्तनका संवाहक भएको बताउँदै हरेक मोर्चाको अग्रभागमा देखा पर्ने फोटो पत्रकारहरुलाई अझै राज्यले बुझ्न नसकेको प्रति चिन्ता समेत व्यक्त गरेका थिए ।
यस्तै राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारले फोटो पत्रकारिता गर्न सहज र सजिलो नभएको तर पछिल्लो समय बढेर गएको फोटो पत्रकारिताको आकर्षण प्रति प्रशंसा गर्दै अन्तराष्ट्रिय फोटोग्राफी दिवसको शुभकामना दिएका थिए ।

वि.सं.२०७६ भदौ ३ मंगलवार १५:३५ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...